भारतीय नहरमा पानी छाडियो, नेपाली नहर सुख्खा

१४ माघ, परासी । नवलपरासीमा भारतीय पक्षले गण्डक नदीमार्फत भारतीय नहरमा विगत पाँच दिनदेखि पानी लगेको भए पनि नेपाली नहरमा भने अझै पानी छाडेको छैन ।

नहरमा पश्चिम नेपाल गण्डक नहरमा पानी नछाड्दा नवलपरासीका हजारौँ हेक्टर क्षेत्रफलमा लगाइएको गहुँ, मुसुर, तोरीलगायत खेतीबालीमा पानी लगाउन नपाएको स्थानीय बासिन्दाले जनाएका छन् । भारतले पनि पूर्वी र पश्चिम भारतीय नहरबाट गरी अहिले करिब आठ-आठ सय क्युसेकका दरले पानी लगेको गण्डक नदी नियन्त्रण सङ्घर्ष समितिका अगुवा प्रेमचन्द गुप्ताले बताउनुभयो । त्यसैगरी, पूर्वनहरबाट बारा, पर्सा, रौतहट गरी तीन जिल्लाका लाखौँ हेक्टर क्षेत्रफल बालीनालीमा कृषकले पानी लगाउन पाएका छैनन् । भारतीय नहरमा पूरा पानी लैजाँदा १२ सय क्युसेकसम्म पानी बहन्छ भने भारतीय नहरमा पूरा पानी नलगेसम्म नेपाली नहरमा पानी आउन सक्दैन ।

भारतीय नहर ठाउँठाउँमा बिगि्रएको कारण देखाउँदै भारतले आफ्नो नहरमा पूरा पानी नलाने र नेपाली नहरमा पनि पानी नदिने गरेको गुप्ताले बताउनुभयो । केही दिनअघि नहर क्षेत्रको विकास निर्माणमा गुणस्तरहीन काम भएको भन्दै गण्डक पीडितले काम रोकेर आन्दोलन गर्दै आएका हुन् । रासस

One Comment on “भारतीय नहरमा पानी छाडियो, नेपाली नहर सुख्खा”
  • kushal wrote on 28 January, 2012, 10:54

    bharat chhimeki rashtra hunu nepalko lagi thulo bidambana ra durghatna pani ho. tyaahibata nepalko rajniti durgaandhit hundain aauchha ra nepal pugda samma sughnai nahune hunchha.

    Bharat prati nepaliko aastha badhaune kaam bharatle kahile dekhayena…

    Like or Dislike: Thumb up 5 Thumb down 0

    [Reply]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु