बन्द औषधि पसल खुले

१४ माघ, बर्दिवास । औषधि व्यवसायीमाथि प्रहरीले दुव्र्यबहार गरेको भन्दै महोत्तरीको जलेश्वरमा बन्द रहेका औषधि पसल शनिबारदेखि खुलेका छन् ।

एक प्रहरी जवानले स्थानीय क्लिनिक सञ्चालक अरविन्द रायको औषधि पसलमा पसेर उनीमाथि अभद्र व्यवहार गरेकेा भन्दै व्यवसायीले सुरक्षको माग राखेर शुक्रबारदेखि जलेश्वरका औषधि पसलहरु अनिश्चतकालका लागि बन्द गराएका थिए । औषधि पसल बन्द भएपछि सेवग्राही कर्मामा परेका थिए ।

 व्यवसायी र जिल्ला प्रहरी कार्यालयबीच भएको वार्तामा सहमति भएपछि व्यवसायीले पसल सञ्चालन गरेका हुन् । प्रहरीले घटनाबारे छानविन गरी आफ्ना जवानको घटनामा संलग्नता देखिए कारबाही गर्ने प्रतिबद्धता जनाएको छ ।

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु