१४ माघ, रोल्पा । रोल्पाको लिवाङमा गएराति भएको आगलागाीमा परी स्थानीयका दुईवटा घर जलेर नष्ट भएका छन् ।
आगलागीबाट लिवाङ-९ सानो लिवाङका लालबहादुर बुढा र झकबहादुर बुढाको कच्ची घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । प्रहरीका अनुसार आगलागीमा घरमा रहेका अन्नपात, लत्ताकपडा, भाँडाकुँडा तथा केही नगदसमेत जलेको छ । आगलागीबाट झण्डै ६ लाख मूल्य बराबरको धनमाल क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।
राति ९ बजेको समयमा सुरु भएको आगलागी स्थानीयबासिन्दाले नियन्त्रणमा लिएका थिए । आगलागीको कारण खुलेको छैन । आगलागी पीडित परिवारलाई खाद्यान्न, लत्ताकपडा तथा त्रिपाललगायतका राहत सामग्री