दीपेन्द्र केसी ढकाल
प्रमुख कार्यकारी अधिकृत, सूर्य पावर इको सोलुसन
यतिबेला मुलुकमा दैनिक १४ घण्टा लोडसेडिङ भइरहेको छ भने केही दिनभित्रै लोडसेडिङ १८ घण्टासम्म पुग्ने वताइएको छ । लोडसेडिङले सर्वसाधारणको दैनिकीदेखि ब्यापार ब्यबसायसम्म चौपट पारेको छ । सामान्यतया शहरीक्षेत्रमा उर्जाका लागि सौर्य उर्जाको प्रयोग त्यति धेरै भएको पाइदैन् । तर पछिल्लो समयमा शहरी क्षेत्रमा बत्ति बाल्ने र कम्प्युटर चलाउने मात्र हैन, ठूला ठूला कार्यलय पनि सोलारकै भरमा चलाउन सक्नेगरि सोलार जडान हुन थालेका छन् ।
हालैमात्र आफ्नो उत्पादन बजारमा ल्याएको सूर्य पावर इको सोलुसनले पनि वैंकिङ क्षेत्रसहित कर्पोरेट क्षेत्रमा उर्जा आपूर्ति गर्नेगरि सौर्य उर्जा प्रबिधि वितरण थालेको छ । पर्यटन क्षेत्रमा लामो समय काम गरि उर्जा क्षेत्रमा आउनुभएका तथा एनआरएन अमेरिकाका सदस्य समेत रहेका सूर्य पावर इको सोलुसनका प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र केसी ढकालसँग सौर्य उर्जाबारे गरिएको संवाद
कस्ता ग्राहकलाई लक्षित गरि नयाँ उत्पादन ल्याउनुभएको छ ?
हामीले शहरी क्षेत्रमा रहेका घर र कार्यालयलाई लक्षित गरि आफ्ना उत्पादन बजारमा ल्याएका छौं । सामान्यतया ३ हजार ५ सयमा ३ वटा वत्ति बाल्न सकिने अफर दिएका छौं जसले निम्नवर्गिय परिवारलाई कम खर्चमै वत्ति बाल्न सहयोग पुग्नेछ । यस्तै मझौला तथा ठूला कार्यालय पनि संचालन गर्न सकिने गरि कर्पोरेट सोलुसन पनि ल्याएका छौं ।
घामबाट प्राप्त हुने सिमित उर्जाबाट ठूला कार्यालयहरु कसरी संचालन गर्न सकिन्छ र ?
हामीकहां सुरुदेखिनै सौर्य उर्जा भन्नासाथ गाउँघरमा बाल्ने चीज जस्तो भयो । तर अन्य मुलुकमा शहरी क्षेत्रमा पनि उर्जा आपूर्तिका लागि सौर्य उर्जाको प्रयोग भइरहेको छ । अहिले पनि धेरै वैकका एटीएमहरु लोडसेडिङका बेला चल्दैनन् । जसले गर्दा सेवाग्राही मर्कामा परेका छन् । सोलार सिस्टमबाटै वैंकका शाखा र एटीएम प्रणाली संचालन गर्न सकिन्छ । हामीले केही वैंकका शाखाहरुमा सोलार सिस्टम जोडने काम थालिसकेका छौं भने केही वैंकहरुसँग प्रकृया अन्तिम चरणमा पुगेको छ । जेनेरेटरको तुलनामा निकै कम मूल्यमा कर्पोरेट क्षेत्रमा सौर्य उर्जा उपयोग गर्न सकिन्छ ।
अहिले त बजारमा धेरैथरी ब्रान्डका सोलार उपलब्ध छन् । ग्राहकलाई के नयाँपन दिनुभएको छ ?
नेपाल सरकारले मान्यता दिएको अत्याधुनिक प्रबिधिसहितका सोलार सेट हामीले बजारमा ल्याएको छौं । खासगरि हामीले ग्राहकलाई सोलार उपलब्ध गराईसकेपछिको सेवालाई प्राथमिकता दिएका छौं । गुणस्तरीय उत्पादन र सेवाका कारण हामीले छोटो अबधिमै ग्राहकको राम्रो प्रतिक्रिया पाएका छौं । अमेरिकी तथा डेनिस कम्पनीको सहकार्यमा स्थापित भएको यो कम्पनीले नेपाली ग्राहकलाई सहुलियत दिने उदेश्यले कम ब्याजदरमा सोलार सिस्टमहरु किस्ताबन्दीमा उपलब्ध गराउने योजना बनाइरहेका छौं । यसबारेमा केही वैंकहरुसँग कुराकानी भइरहेको छ ।
प्रबिधि प्रयोग भइरहेको छ ? कति बर्ष वारेन्टी ?
हामीले अमेरिकी र डेनिस प्रबिधि प्रयोग गरिरहेका छौं । मुख्य कुरा हामीले नेपाल सरकारले मान्यता दिएको र परिक्षण गरि पास गरेको प्रबिधि वितरण गरिरहेका छौं । १० बर्ष कमर्सियल वारेन्टी, २५ बर्ष लाइफ वारेन्टी रहेको छ । प्रबिधिभन्दा पनि त्यसलाई कसरी प्रयोग गर्ने भन्ने मुख्य कुरा हो ।
yo surya power eco solution ko address chahiyo, kinaki ma pani ghar ma yo rakhna chahanchhu.
Like or Dislike:
4
0
[Reply]
puran thapa Reply:
January 29th, 2012 at 3:54 pm
maile bhannu khojeko kura tapaile lekhnu bhayechha la dhannebad.
Like or Dislike:
1
0
[Reply]
I need more information about you.
why you don’t wrote your contact address and what about the price scheeme and capacity<?
Like or Dislike:
2
0
[Reply]
malai pani jannu rahar thiyo yesko barema chahi.
Like or Dislike:
1
0
[Reply]
sir I need more information about you.
why you don’t wrote your contact address and what about the price scheeme and capacity
Like or Dislike:
1
1
[Reply]
yo sab vane matra ho 4 5 hajar ma 1 wota light baldo rahe6a tehi pani battry khatam rahecha
Like or Dislike:
0
1
[Reply]
Yo sabai tesko solar bikri garne bahana matra hola. K-ka Banking chalthyo
Like or Dislike:
1
2
[Reply]
It’s really great i got in the starting .Fixed in our roof yesterday same day we got really good Result .
Its awesome.
Thanx surya power
Like or Dislike:
3
0
[Reply]