शान्ति र संविधानको बाधक माओवादी : पौडेल

१४ माघ, बुटवल  । नेकपा एमालेका सचिव विष्णु पौडेलले एकिकृत माओवादीले शान्ति र संविधान निर्माणलाई निष्कर्शमा पुर्‍याउन नचाहेको आरोप लगाउनु भएको छ । सरकारको नेतृत्वको कर्ता तथा संसदको सवैभन्दा ठूलो दल माओवादी भएपनि जनताको जनमतलाई लत्याउदै शान्ति र संविधान निर्माण नगर्ने षड्यन्त्रमा लागेको पौडेलको भनाई थियो ।

रुपन्देहीको बुटवलमा शनिवार आयोजित एक कार्यक्रमम उहाँले शान्ति प्रक्रिया अघि अढी रहेका वेला माओवादी नेतृत्वको सरकारले शसस्त्र द्धन्द्धका वेला माओवादी जनसत्ताले गरेका निर्णयलाई वैधानिकता दिने निर्णय गरेको शान्ति र संविधानमा भाजो हाल्न खोजेको आरोप लगाउनु भयो ।

नेता पौडेलले नेपाली जनताले २०६२।६३ को जन आन्दोलनबाट सङ्घीय लोकतान्त्रिक संविधान चाहेको भए पनि एकिकृत माओवादीले अहिले लोकतान्त्रिक संविधानको साटो अधिनायकवादी संविधान बनाउन चाहेको बताउनुभयो ।

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु