नेपाली दुतावासद्धारा लुम्बिनी भ्रमण बर्षको प्रचार-प्रसार गर्न आग्रह

रामचन्द्र नेपाल

क्वालालम्पुर । नेपाली दुतावास मलेसियाले लुम्विनी भ्रमण वर्ष २०१२ लाई सफल पार्नका लागी सहयोग गर्न सवैसंग आग्रह गरेको छ । मलेसियाका लागि नेपाली राजदुत डा श्रृषिराज अधिकारीले शनिवार पत्रकार सम्मेलनको आयोजना गरी वुद्ध नेपालको लुम्विनीमा जन्मिएको हो र यसको प्रचार विश्वभरी नै गर्न आवश्यक रहैकोले मलेसियावाट पनि हजारौ पर्यटकलाई लुम्विनी लैजानु हामी सवै नेपालीको दायित्व भएकाले सबैले आ-आफनो ठाउँवाट लाग्नु पर्नेमा जोड दिनु भयो ।

अधिकारीले लुम्बिनी भ्रमण वर्षका साथसाथै यार्सागुम्वाको वारेमा पनि सवैलाई जानकारी एवम् प्रचार प्रसार गर्न आग्रह गर्नु भयो । कार्यक्रममा नेपालीसहित मलेसियाका पत्रकारहरुको सहभागिता रहेको थियो । यसैक्रममा नेपाली दुतावास मलेसिया गैर आवासिय नेपाली संघको पहलमा मलेसियाको दुईवटा स्थानमा  जर्नि अफ यात्राको डकुमैटिका प्रर्दशन समेत  हुने भएको छ । डकुमेन्टि प्रर्दशनको उदघाटन आईतवार दिउँसो तीन वजे मलेसियाका लागी नेपाली राजदूत डा. श्रृषिराज अधिकारीले  कार्यक्रम छ भने सोमवार मलेसियाका विजनेश काउन्सिलका पदाधिकारीले उक्त वृतचित्र हेर्ने छन् ।

हिमाली भेगमा यार्सा गुम्वा टिप्न रुकुम, रोल्पा र वाग्लुङसम्मका मानिसहरुले गरेको सघर्षलाई वृतचित्रमा समेटिएको छ । केहि समय अगाडि नेपालमा भएको वृतचित्र महोत्सवमा डेब्यु फिल्म एवार्ड जित्न सफल भएको थियो भने  धैरै अडियन्स जम्मा गरेर एक हजार अमेरिकि डलर पुरस्कार पाएको उक्त वृतचित्रलाई पुनिमाया कामिकै  अवस्थालाई विशेषरुपमा चित्रण गरिएको छ । तीनवर्ष लगाएर तयार गरिएको यो वृतचित्र प्रदर्शनीको माग विश्वभरीवाट आईरहेको र पहिलोपटक मलेसियावाट यसको शुरुवात गरिएको निर्माता दिपेन्द्र भण्डारीले जानकारी दिनु भयो ।

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु