राष्ट्रपति यादवद्वारा वसन्त श्रवण

१४ माघ, काठमाडौं । श्रीपञ्चमीको उपलक्ष्यमा राष्ट्रपति डा. रामवरण यादव शनिबार हनुमानढोका दरबार जानुभई वसन्त श्रवण गर्नु भएको छ । पण्डित रघु अर्यालले वसन्त पाठ गर्नुभएको थियो । राष्ट्रपति डा यादवलाई हनुमानढोका दरबारका पण्डित विष्णु खनालले प्रसाद तथा टीका अर्पण गर्नुभएको थियो ।

कार्यक्रममा उपराष्ट्रपति परमानन्द झा, सभामुख सुवास नेम्बाङ, प्रधानन्यायाधीश खिलराज रेग्मी, मन्त्री गण, नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरु, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा राष्ट्रपति डा यादवको सम्मानमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । रासस

 

One Comment on “राष्ट्रपति यादवद्वारा वसन्त श्रवण”
  • रामप्रसाद घिमिरे फ्लोरिडा wrote on 28 January, 2012, 17:19

    La dherai ramro

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [Reply]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु