+
+

प्रसंग ‘मोक्ष’ : बेनिशा र कोशिशको प्रेममा ब्याण्डको कथा

अनलाइनखबर अनलाइनखबर
२०७० मंसिर ३० गते १८:०५

चलचित्रमा समावेश गीत र प्रोमो सार्वजनिक भएसँगै चर्चित वितरक सुनिल मानन्धरको नयाँ सिनेमा ‘मोक्ष’ले आशा जगाएको छ । काठमाण्डौमा आयोजना गरिएको एक पत्रकार सम्मेलनमा माघ २४ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘मोक्ष’को गीत र प्रोमो सार्वजनिक गरिएको हो । यो चलचित्रलाई चर्चित म्यूजिक भिडियो निर्देशक तथा सम्पादक प्रविन श्रेष्ठले निर्देशन गरेका हुन् ।benisha-and-kosis-jodiचलचित्रमा आबद्ध कलाकारहरु कोशिश क्षेत्री, बेनिशा हमाल, विक्रम सिंह, दिपेश भण्डारी, मनिष गोदार लगायतको कार्यक्रममा उपस्थिती थियो । कार्यक्रममा गायक समेत रहेका कोशिशले केही गीतहरु गाएर सुनाएका थिए । कलेज पढ्ने चार केटाहरुको एउटा सांगीतिक समूह र यो समूहमा आबद्ध एक मुख्य सदस्यको मेरुदण्ड पक्षघात पश्चात हुने घटनाक्रमलाई ‘मोक्ष’ले देखाउन खोजेको छ ।

कार्यक्रममा बोल्दै निर्माता समेत रहेका वितरक सुनिल मानन्धरले आफूले पैसा कमाउन सिनेमा नबनाएको बताए । चलचित्रले निर्देशक प्रविन श्रेष्ठकै जीवनमा आधारित कथा बोलेको छ । एक दुर्घटनामा परेपछि निर्देशक श्रेष्ठको दुबै खुट्टाले काम गर्न छोडेको थियो । चलचित्र ‘मोक्ष’मा सञ्जिव सिंह, नबक्रान्ती समूह, धिलुङ राई, प्रविन श्रेष्ठको संगीत, रविन श्रेष्ठ, प्रताप सिंह, हरी हुमागाँईको छायांकन, प्रग्यान थापा र राजन कठेतको पटकथा छ । कार्यक्रममा चलचित्रको अडियो पनि सार्वजनिक गरिएको थियो ।

‘मोक्ष’लाई बर्षकै आशातित सिनेमाको रुपमा हेरिएको छ ।sunil-and-prabin

mokshya-concert

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?