+
+

एनआरएन इटालीको पाँचौँ साधारण सभा सम्पन्न 

अनलाइनखबर अनलाइनखबर
२०७१ साउन ६ गते ११:०४

इटाली । ‘बनौ आत्म निर्भर, नपरौँ दलालको भर’ भन्ने मुल नाराका साथ  एन आर एन इटालीको ५ औँ साधारण सभा सम्पन्न भएको छ । इटालीको एतिहासिक सुन्दर शहर पिसामा भएको उक्त कार्यक्रममा इटालीमा बस्ने नेपालीहरुको उपस्थिति रहेको थियो ।nrn-italy

एन  आर एन इटालीका अध्यक्ष सञ्जय देव श्रेष्ठको संयोजकत्वमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा एन आर एन युरोप संयोजक अर्जुनकुमार श्रेष्ठ, बिशेष अतिथिको रुपमा अवैतनिय वाणिज्यदूत पाउलो नुगारीको उपस्थित रहेको थियो । कार्यक्रममा एन आर एन इटालीले बिगत स्थापनाकालदेखि हाल सम्म गरेका गतिबिधीहरुको  साथै भावी दिनमा गर्ने योजनाको बारेमा जानकारी गराइएको  थियो ।

पछिल्लो समयमा दलालको भरमा परी नेपालीहरु ठगिएको र यसको न्युनिकरण कसरी गर्न सकिन्छ भन्ने बिषयमा एन आर एन इटालीले गम्भिरता साथ लिएको अध्यक्ष सञ्जय देव श्रेष्ठले बताउनु भएको छ । इटाली र नेपालको सम्बन्धलाई कसरी अझ नजिक बनाउन सकिन्छ भन्ने बिषयमा पनि एन आर एन इटालीले पहल गरिरहेको जानकारी दिइएको थियो । यसको लागि एप्लाइड स्कोलास्टिकका अध्यक्ष रोक्को लानाता इटालियन दम्पतीसँगको सहकार्यमा नेपालमा शिक्षाको क्षेत्रमा गर्ने काम अगाडि बढीरहेको जानकारी दिनुभएको छ ।

साथै यही सेप्टेम्बर १३ र  १४ मा कमुने दि कान्तु , इटालीमा हुने कार्यक्रममा एन आर एन इटालीको तर्फबाट पनि नेपाली हस्त कलाका सामानहरु प्रर्दशन गरिने  र नेपाली लोक नृत्य  देखाउने र  यस्ता गतिबिधीबाट आउने आर्थिक सङ्कलनलाई एन आर एन इटालीको राहत कोषमा जम्मा गर्ने जानकारी दिनु भयो । कुनै पनि समयमा आइपर्ने आपतकालिन अवस्थालाई ध्यानमा राखेर एन आर एन इटालीले हालै ११ सदस्यीय राहत कोष खडा गरेको छ ।

साथै इटालीमा रहदा आइपरेका कागजी समस्यालाई सुल्झाउन सहयोग गरेका कारण अवैतनिय वाणिज्यदूत पाउलो नुगारिको सबैले मुक्तकण्ठले प्रसङ्सा गरेका थिए । कार्यक्रममा मितेरी मन्च मिलानो, भारेजे समाज, रोमा समाज, भेनिस समाज र पिसा समाजका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?