- त्रिभुवन बिमानस्थलमा मोदीलार्इ स्वागत गर्दै उपप्रधानमन्त्री बामदेव गाैतम । तस्वीरः अनलाइनखबर
९ मंसिर, काठमाडौं । नेपालका सत्तारुढ ठूला राजनीतिक दलले सहमति नजुटे दुई तिहाइ बहुमतको प्रक्रियाबाटै माघ ८ मा संविधान जारी गर्ने तयारी गरिरहेका बेला भारतले ‘त्यसो गरिए नेपालका लागि दुर्भाग्य हुने’ चेतावनी दिएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संख्याका आधारमा होइन, सहमतिबाट संविधान बनाउन यहाँका राजनीतिक दलहरुलाई ‘ठूलो स्वरमा’ सुझाव दिएका छन् ।
नेपालमा चाँडै नै यस्तो संविधान बनोस्, जहाँ मधेसीले हामीलाई हेर्ने कोही छैन भन्ने महसुस नगरोस्, पहाडीले पनि त्यस्तो नसोचोस् र माओवादीलाई पनि नलागोस कि हामीलाई सोध्ने कोही छैन
वीर अस्पताल परिसरमा भारतको सहयोगमा निर्मित ट्रमा सेन्टरको उदघाटन समारोहलाई सम्बोधन गर्दै मोदीले भने- ‘म नेपालका सबै राजनीतिक दलका नेताहरुलाई आग्रह गर्छु, संविधान निर्माण सहमतिबाट गर्दा नै फाइदा हुन्छ, संख्याको बलबाट संविधान निर्माणले नेपालको कहिल्यै भलो गर्दैन ।’
मोदीले नेपालले कस्तो संविधान बनाउने भन्ने आफैं निर्णय गर्न र त्यसमा भारतको कुनै हस्तक्षेप नहुने प्रष्ट पारे । ‘तर नेपालको संविधान यस्तो गुलदस्ता (फूलबारी) होस्, जसमा हरेकले आफ्नो फूल र बासना छ भन्ने अनुभूति गर्न सकुन्’ मोदीले भने ।
मोदीले मधेसी र माओवादीलाई उत्साहित पार्दै भने- ‘नेपालमा चाँडै नै यस्तो संविधान बनोस्, जहाँ मधेसीले हामीलाई हेर्ने कोही छैन भन्ने महसुस नगरोस्, पहाडीले पनि त्यस्तो नसोचोस् र माओवादीलाई पनि नलागोस कि हामीलाई सोध्ने कोही छैन ।’
उनले एकपटक सहमतिबाट संविधान जारी गरेपछि संसदबाट दुई तिहाइले संशोधन गर्न सकिने भएकाले अहिले सहमतिबाहेक अरु नसोच्न सुझाव दिए ।
मोदीले भने’नेपालका हरेक मानिसले यो संविधानमा अपनत्व महसुस गर्न सकेनन्, उनीहरुका सपना समेटिएनन् भने नेपालका लागि त्यसपछि धेरै ठूलो कठिनाइ हुनेछ ।
मोदीले प्रष्ट भाषामा उपदेश र चेतावनीको शैलीमा सहमति बाहेक अर्को प्रक्रियाबाट संविधान जारी नगर्न सुझाव दिइरहेका बेला प्रधानमन्त्री सुशील कोइराला ध्यानपूर्वक उनको भाषण सुनिरहेका थिए ।
मोदीले नेपाल खुसी भएमात्रै भारत मुस्कुराउने भन्दै संविधान निर्माणको प्रक्रिया ढीलो भइसकेकोतर्फ पनि नेपालका नेताहरुको ध्यानाकर्षण गराए ।
‘संविधान निर्माणको काममा नेपालको संविधानसभा राम्रोसाग अघि बढेको छ, तर मलाई लाग्छ अब ढिला भरहेको छ ‘ मोदीले भने ।
मंगलबार साँझ सोल्टी होटलमा कांग्रेस, एमाले, एमाओवादी र मधेसवादी दलका नेतासँग गरेको भेटमा पनि मोदीले सहमतिका आधारमा संविधान बनाउन सल्लाह दिएका छन् ।
भारतका पूर्वराजदूत राकेश सूदले कांग्रेस एमालेमा पहाडे बाहुन र क्षेत्रीहरुको बाहुल्यता रहेको बताएजस्तै मोदीले आफ्नो भाषणमा मधेसी, पहाडे र माओवादीको पदावली प्रयोग गरेर नेपाली समूदायलाई कित्ताकाट गरेका छन् । (हेर्नुहोस्- राकेश सूद : कांग्रेस एमालेमा ‘पहाडे बाहुन क्षेत्री’को बाहुल्य छ)
उपदेश र आश्वासन
भारतीय प्रधानमन्त्री आफ्नो भाषणमा नेपालको राजनीतिक मामिलामाथि विना हिच्किचाहट आफ्नो धारणा राखेका छन् । संविधान निर्माण प्रक्रियाबारे देशभित्र ठूलो बहस भइरहेका बेला मोदीले माओवादी र मधेसवादीको मतलाई खुलेआम समर्थन गर्दै बहुमतीय प्रक्रियाबाट संविधान नबनाउन भनेपछि सत्तारुढ दललाई अप्ठ्यारो परेको छ ।
ट्रमा सेन्टर उदघाटनमा प्रधानमन्त्री सुशील कोइरालाले अंग्रेजीमा लिखित भाषण पढेका थिए । मोदीले हिन्दीमा अलिखित मन्तव्य दिने क्रममा निकै लामो, अनौपचारिक र उपदेशात्मक अभिव्यक्ति दिए ।
हेर्नुहोस् भिडियो- मोदीको राजनीतिक भाषण
जनकपुरबारे स्पष्टीकरण
मोदीले आफूले चाहेर पनि जनकपुर, लुम्बिनी र मुक्तिनाथको भ्रमण गर्न नपाएकोमा त्यस क्षेत्रका नेपाली जनतासमक्ष माफी मागे ।
मोदीले भने-‘म तपाईहरुको पीडा भलिभााती बुझ्छु, तर यसपटक सम्भव भएन, जनकपुर, लुम्बिनी र मुक्तिनाथका लागि म फेरि आउनेछु ।
स्थलमार्गबाट जानकी मन्दिरको दर्शन गर्दा कतिको समस्या रहेछ भनेर जान्नका लागि आफू स्थलमार्गबाटै जनकपुर आउन चाहेको उनले बताए ।
मोदीले भारतीय रुपैयाँ एक हजार र पाँच सयका नोट नेपालमा चलाउनका लागि आवश्यक प्रक्रिया अघि बढिसकेको उनले बताए ।
‘एक हजार र पाँच सय नोट एकपटकमा २५ हजार रुपैयाँसम्म लिएर आउन पाउने गरी निर्णय हुँदैछ, यसबाट भारतमा काम गरेर घर फर्किने नेपालीहरुलाई फाइदा हुनेछ’ मोदीले भने, पच्चीस वर्षमा नभएको काम सय दिनमा भयो ।’
लामो समयदेखि विवादित कर्णाली जलविद्युत परियोजना र अरुण तेस्रोको पीडीए सम्झौता भएकोतर्फ संकेत गर्दै मोदीले २५/३० बर्षदेखि हुन नसकेको काम अहिले सय दिनमै भएको भन्दै खुसी व्यक्त गरे । नेपाल भारत सम्बन्धमा एक सय दिनभित्र भएको प्रगतिले आफू उत्साहित भएको उनले बताए । यसले नेपाल र भारतवीच भरोसा र विश्वास बढाएको उनले बताए ।
सुरक्षा सहयोग
भारतीय प्रधानमन्त्री मोदीले नेपाली सैनिकले प्रयोग गर्ने हेलिकोप्टर नेपाललाई हस्तान्तरण गरेका छन् । सैनिक मञ्च टुाडिखेल पुगेर मोदीले प्रधानमन्त्री सुशील कोइरालालाई १४ सिटे हेलिकोप्टर हस्तान्तरण गरेका हुन् । सो हेलिकोप्टरलाई रक्षामन्त्री समेत रहेका प्रधानमन्त्री कोइरालाले प्रधानसेनापति गौरवशमसेर जबरालाई हस्तान्तरण गरेका थिए ।
ट्रमा सेन्टरमा मोदीले दुई देशबीच अटुट सम्वन्ध र विश्वास भएकाले नेपाल-भारतबीच सैन्य सहयोग आदान-प्रदान भएको बताएका थिए ।
टेलिफोन शुल्क घटाउन सुझाव
भारतीय प्रधानमन्त्री मोदीले नेपालबाट भारतमा टेलिफोन गर्दा लाग्ने शुल्क कटौती गर्न पनि नेपाल सरकारलाई सुझाव दिएका छन् । आफूले नेपालमा टेलिफोन गर्दा लाग्ने शुल्कमा ३५ प्रतिशत कटौती गरेको जानकारी गराउँदै मोदीले नेपालका टेलिफोन अपरेटरलार्इ पनि सक्दो शुल्क घटाउन आग्रह गरे ।
ई-लाइब्रेरी प्रस्ताव ल्याउन आग्रह
भारतीय प्रधानमन्त्री मोदीले नेपाललाई ई-लाईब्रेरी दिने भन्दै्र प्रस्ताव ल्याउन आग्रह गरे । अबको जमाना प्रविधि र ज्ञानको भएको भन्दै उनले कस्तो खालको ई-लाईब्रेरी नेपाललाई आवश्यक पर्छ, त्यसको प्रस्ताव ल्याउन नेपाल सरकारलाई आग्रह गरेका हुन् ।
मोबाइल माटो परीक्षण प्रविधि
त्यस्तै किसानहरुका लागि अति उपयुक्त हुने माटो परीक्षणको प्रविधि पनि नेपाललाई हस्तान्तरण गर्ने मोदीले बताएका छन् । परीक्षण गरेर माटो अनुसारको फसल लगाउन किसानहरुले पाउने कृषिसम्बन्धी भाषण गर्न मोदीले छुटाएनन् ।
यी पनि पढ्नुहोस्
काठमाण्डौ ओर्लेलगत्तै यस्तो छ मोदीको व्यस्त तालिका
मोदी भेट्न सोल्टी होटलमा दलका नेताको ‘लाइन’
मोदीको भाषणप्रति सामाजिक संजालमा टिप्पणी
मोदीले पार्टीको नामै तोकेर उनीहरूको चित्त बुझाउनुपर्छ, सहमतिमै संबिधान जारी गर्नुपर्छ भनेपछि समाजिक संजालमा देखिएका केही प्रतिनिधि प्रतिकृया यस्ता छन्-
अन्तत: मोदीले प्रेमपूर्ण हष्तक्षपरूपी प्रार्थना गरे: संविधान सहमतिमैं बनाउनोस्, संख्यामा नजानोस् त्यसले थप समस्या निम्त्याउंछ!
— Rabindra Mishra (@MishraRabindra) November 25, 2014
मोदीको भाषणपछि संविधान निर्माणको बारेमा कांग्रेस र एमालेका नेताहरुको टोन फेरिन्छ की फेरिदैन होला? #जिज्ञासा — Mani Dahal (@maninagarik) November 25, 2014
लौ हिजो सम्म मोदि मोदि भन्नेले अब मोदिको बिरोध गर्ने लक्षण देखियो, बुडाले सहमति भन्दिए !!!
— पौडेल जी (@iPaudelji) November 25, 2014
समय र सहमतीमा संविधान भने मोदीले । माओवादीले आफ्नो नारा बनाए नी भो । — उज्ज्वल आचार्य (@KANepal) November 25, 2014
Indian PM Modi arrives in KTM & promptly opinionates on deeply sensitive matter of constitutional procedure that is polarising Nepal parties
— Kanak Mani Dixit (@KanakManiDixit) November 25, 2014
Modi has suggested oil and water to mix well for the promulgation of constitution in Nepal. Am curious to see the mixture and the outcome. — Prateek Pradhan (@prateekpradhan) November 25, 2014
नेपाल के लोगो को सावधान करना चाहता हूँ, मोदी की नियत ठीक नहीं है, बार बार बुलाओगे तो किसी दिन अखण्ङ भारत का हिस्सा बन जाओगे । धन्यवाद ।।
— Vinod Mehta (@DrunkVinodMehta) November 25, 2014
जसरी पनि सहमति मै संविधान बनाउ : मोदी [ भनेसी २२ दलले निउँ खोज्ने बाटो खुल्यो ] #मोदीमन्त्र — ©Sudeep Silwal™® (@silwalsudeep) November 25, 2014
मोदीका अनुसार जनताले भोट हालेर चुनेका प्रतिनिधीले बहुमतबाट संविधान जारी गरेर हुँदैन रे।विरालो आखिर विरालोनै हो। जेले छोपेपनि म्याउँ नै गर्छ।
— ARJUN SUBEDI (@arjundristi) November 25, 2014
यसरी बनाउ,त्यसरी बनाउ,यो यो राख,यल्लाई यल्लाई राख,नभए बर्बात हुन्छ, त्यस्पछी यो गर्ने भन्नुसाटो एउटा सम्बिधान नि डोनेट गर्दे हुने मोदीले !:) — The Outsider (@Jaw_Knock) November 25, 2014
लौ ओली बा तिम्रो लाइन त मिलेन नी ? मोदी त सहमतीबाट सँबिधान र पछि आवश्यकता अनुसार दुइ तिहाई ले सँसोधन भन्छन, लाइन त मधेसी र माओवादी को आयो ।
— Bhaskar Gyawali (@bhaskargyawali) November 25, 2014
#Modi‘s remarks on ‘Constitution by consensus’ will be music to the ears of UCPN (Maoist) and Madhesi leaders.
— Damakant Jayshi (@damakant) November 25, 2014
झारखण्डमा विपक्षी विरुद्ध प्रहार गरेर सिँधै नेपाल आएका मोदीले फेरि संविधानको पाठ पढाए।मलाई राम्रो लागेन। नेताहरूलाई लाज लाग्यो कि लागेन?
— घमराज लुइँटेल (G.L.) (@ghamaraj) November 25, 2014
प्रचण्डले वक्त्व्य निकाल्छन अब, संख्या को हिषाबले होइन सहमतिमा संविधान बनाउनु पर्छ, काँग्रेस एमालेलाइ मोदीको झापड भनेर।
— ज्ञानको चक्षु (@PrenitPokhrel) November 25, 2014
A friend from Kathmandu observes: Modi is more progressive than the average Nepali liberal. Emphasizes consensus. A constitution by Jan 22?
— Manjushree Thapa (@manjushreethapa) November 25, 2014
मोदी सम्बोधनको पूर्ण भिडियो- ( मोदीको भाषण १०:२० बाट)
प्रतिक्रिया 4