२ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. अमरेशकुमार सिंहले संविधानका विवादित विषयमा दलहरुबीच कात्तिक १५ गतेभित्रमै सहमति हुने दावी गरेका छन् ।
तिहार र छठको विचमा दलहरुवीच छलफल गरेर समझदारी कायम गर्ने सहमति भइसकेको दावी गर्दै उनले प्रक्रियामा नै जाने भएपनि प्रश्नावलीमा सबै दलको एकै धारणा हुने बताए ।
रिपोर्टर्स क्लब नेपालले आइतवार आयोजना गरेको साक्षात्कारमा सिंहले माघ ८ गते संविधान जारी नभए नेपालमा संविधानसभाबाट फेरि संविधान नै जारी हुन नसक्ने दावी गरे । दलहरुवीच धेरै असहमति नभएको, संघीयतामा पनि करिब-करिब सहमति भइसकेकोले प्रमुख दलहरु केही लचिलो हुने वित्तिकै सहमति हुने उनले बताए ।
कार्यक्रममा एमाओवादीका सभासद खिमलाल देवकोटाले कांग्रेस र एमाले ७ बाट माथि आउने र एमाओवादी तल झर्दा आठ प्रदेशमा सहमति बन्न सक्ने बताए ।
कांग्रेस र एमालेले प्रस्तुत गरेको अवधारणा बटमलाइन नभएर विकल्प मात्रै भए कुनै समस्या नभएको बताए । उनले भने-बटमलाइन बनाए माघ ८ गते संविधान आउँदैन ।’
एमाले सभासद गणेशमान गुरुङले राज्य पुनःसंरचनाको विषयमा नेपालीहरु सिकारु मात्र भएकोले अहिले थोरै प्रदेश बनाएर पछि आवश्यकता अनुसार बढाउँदै जान सकिने तर्क गरे । उत्तर-दक्षिण संघियता भए आर्थिक रुपमा बलियो हुन सक्ने उनको दावी थियो ।
प्रतिक्रिया 4