मुम्बई । बलिउड अभिनेता शाहरुख खानको बंगला ‘मन्नत’ अगाडीको र्याम्प (विषेश बाटो) भत्काउन प्रशासनले आदेश दिएको छ ।
भारतीय जनता पार्टीका सांसद पूनम महाजन लगायत अन्य केही नागरिकले उजुरी गरेपछि प्रसाशनले बाटो भत्काउन निर्देशन दिएको हो ।
प्रशासनका अधिकारीहरुले सात दिन भित्र र्याम्प भत्काउन शाहरुखलाई निर्देशन दिएका छन् । अतिरिक्त निगम आयुक्त सीताराम कुन्तेले लामो समयदेखि स्थानीयले र्याम्पको कारण हिंड्न समस्या भएको उजुरी गरेपछि भत्काउन निर्देशन दिएको बताए ।
प्रशासनले लेखेको पत्रमा शाहरुखको नाम उल्लेख गरिएको छैन । पत्रमा भनिएको छ ‘बंगला मालिकले बनाएको र्याम्पको कारण सार्वजनिक सडकमा आवत जावत गर्न स्थानियलाई अप्ठयारो भएको छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4