- फाइल तस्वीरः लामालार्इ पार्टी प्रवेश गराउँदै एमाओवादी अध्यक्ष प्रचण्ड ।
२५ माघ, काठमाडौं । एकीकृत नेकपा माओवादीले विवादास्पद छविका ल्यारक्याल लामालाई सभासद बनाएको छ ।
सर्वोच्च अदालतले शम्भु पासवान हजरीको संविधानसभा सदस्य खारेज गरेपछि रिक्त स्थानमा एमाओवादीले लामालाई सिफारिस गरेको थियो । एमाओवादीको सिफारिस अनुसार लामालाई सभासद मनोनित गरिएको निर्वाचन आयोगले जनाएको छ ।
दलित आयोगको सदस्य कायमै राखेर समानुपातिक सूचीमा उनको नाम राखिएको थियो । त्यसविरुद्ध परेको मुद्दामा सर्वोच्चले दुसादको सभासद खारेज गरेको छ ।
लामा निर्वाचनको केही दिनअघि मात्र प्रचण्डको हातबाट टीका लगाएर एमाओवादीमा प्रवेश गरेका थिए ।
को हुन् लामा ?
शुरुमा नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालासँग निकट रहेर गुम्बा व्यवस्था बिभागको सदस्य सचिव बनेका लामा कांग्रेसमा हुँदा खुमवहादुर खड्काका सहयोगी थिए ।
पहिलो संविधानसभा निर्वाचन अघि एमालेलाई आर्थिक सहयोग गरेर समानुपातिक सभासद बनेका लामालाई झलनाथ खनाल प्रधानमन्त्री रहेका बेला अर्थ राज्यमन्त्री बनाइएको थियो ।
तर, उनको नागरिकतासम्बन्धी विवाद मिडियामा आएपछि राजीनामा गराइएको थियो । तर, उनले यस प्रकरणमा सफाइ पाइसकेका छन् ।
प्रतिक्रिया 4