२७ माघ, काठमाडौ । विवादित ब्यक्तिलाई सभासद् भएको भन्दै सवर्त्र आलोचना हुन थालेपछि एकीकृत नेकपा माओवादीले सभासद ल्यारकाल लामाको बचाउ गरेको छ ।
पार्टी प्रवक्ता दीनानाथ शर्माले मंगलवार विज्ञप्ति जारी गर्दै लामा विज्ञ ब्यक्ति भएकाले सभासदमा सिफारिस गरिएको जनाएका छन् । एमाले पार्टीबाट अर्थ राज्य मन्त्री बनाएको बेला पासपोर्ट विवाद भए पनि राज्यको तर्फबाट भएको छानबिनबाट सफाइ पाइसकेको प्रवक्ता शर्माले प्रष्ट्याएका छन् ।
दोस्रो संविधानसभाअघि एमाले छाडेर एकीकृत माओवादीमा प्रवेश गरेका लामालाई जनजाति तथा बौद्ध समूदायको तर्फबाट दोस्रो संविधानसभाको समानुपातिक निर्वाचनमा उम्मेदवार बनाएको र हाल रिक्त रहेको पदमा सिफारिस गरिएको शर्माले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
सामाजिक सञ्जालहरुमा एमाओवादीले सभासद बनाएको भन्दै आलोचनाहरु भएपछि एमाओवादीले विज्ञप्ति नै जारी गरि आलोचना नगर्न आग्रह गरेको हो ।
एमालेका पूर्व अध्यक्ष झलनाथ खनाल प्रधानमन्त्री भएको बेला लामालाई अर्थराज्यमन्त्री बनाइएको थियो । लामालाई सभासद बनाएपछि एकीकृत माओवादी पार्टी भित्रै पनि विवाद चर्किएको छ ।
याे पनि पढ्नुहाेस्
प्रतिक्रिया 4