+
+
Shares

नेविसंघ कार्यकर्तालाई डेनमार्कबाट उपचार सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७१ फागुन १५ गते १५:३८

दुवै मृगौलामा संक्रमण भएका कारण उपचारका क्रममा रहेका नेवि संघ कार्यकर्ता योगेश भण्डारीलाई जनसम्पर्क समिति डेनमार्कले आर्थिक सहयोग गरेको छ ।

नेपाली कांग्रेस जनसम्पर्क समिति डेनमार्कका अध्यक्ष रामचन्द्र पाठकको सक्रियतामा संकलन गरिएको ६८ हजार ५ सय ८२ रुपैयाँ कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले शुक्रबार हस्तान्तरण गरे ।

तीन महनिादेखी त्रिवि शिक्षण अस्पतालमा उपचाररत भण्डारीका दाजु गगन भण्डारीलाई केन्द्रीय सदस्य पौडेलले अस्पतालमै पुगेर सहयोग हस्तान्तरण गरेको नेविसंघ मनोहर क्याम्पसका सभापति निरन्जन थापाले जानकारी दिए ।

सहयोग हस्तान्तरण गर्दै पौडेलले भण्डारीको स्वास्थ्य लाभको कामना गर्नुका साथै थप सहयोगको प्रतिबद्धता व्यक्त गरे । दुवै मृगौला फेल भएका भण्डारी त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका पूर्व स्ववियु सचिव हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?