+
+
Shares

विश्वका नेपालीको चाहना समृद्ध नेपालः एनआरएन

अनलाइनखबर अनलाइनखबर
२०७१ फागुन २७ गते १७:५८

nrna_logo_latestकाठमाडौं । गैरआवसीय नेपाली संघ (एनआरएनए) का पदाधिकारीहरुले विश्वमै छरिएका नेपालीहरुको चाहना समृद्ध नेपाल भएको बताएका छन् ।

एनआरएनका अध्यक्ष शेष घले नेतृत्वको टोलीले बुधवार सञ्चारग्रामस्थित महासंघको कार्यालयमा महाससंघका अध्यक्ष डा महेन्द्र विष्टसहितका पदाधिकारीसँग गरेको छलफलमा समृद्ध नेपाल निर्माणका लागि संचारकर्मीहरुको भूमिका पनि महत्वपूर्ण हुनेमा जोड दिए ।

एनआरएन प्रतिनिधिमण्डलले पेसागत सुरक्षा र व्यावसायिक दक्षता अभिवृद्धिबारे जिज्ञासा राखेको थियो । नेपाली पत्रकारिताको समसामयिक विषय, व्यावसायिक पत्रकारितालाई प्रभावकारी बनाउन दुई संस्थाबीच के-कस्ता विषयमा कसरी साझेदारीकासाथ अघि बढ्ने भन्नेबारे पनि छलफल भएको थियो ।

सञ्चार जगतको सकारात्मक भूमिकाले आफूहरुलाई सधैं प्रेरित गरेको उल्लेख गर्दै एनआरएन आईसीसी अध्यक्ष शेष घलेले नेपाली पत्रकारहरूको छाता संगठन महासंघ र एनआरएनएको सम्बन्ध सधै सुमधुर बनाउनुपर्नेमा जोड दिए ।
त्यस्तै एनआरएनएका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले नेपाली सञ्चार क्षेत्रको विकासको सह्राना गरे ।

यस्तै, एनआरएनएका निवर्तमान अध्यक्ष जीवा लामिछानेले पत्रकारहरूको भूमिकालाई सम्मान गर्दै एनआरएनएबाट पत्रकारिता क्षेत्रको विकासमा पत्रकार महासंघसँग सहकार्य गरेर अघि बढ्ने बताए ।

महासंघका अध्यक्ष डा. महेन्न्द्र विष्टले नेपाली मिडिया व्यावसायिक विकासको चरणमा रहेकाले सबैको साथ र सहकार्य आवश्यक रहनेमा जोड दिए ।

नेपाल पत्रकार महासंघ युके शाखाको समन्वयमा भएको कार्यक्रममा एनआरएनएका उपाध्यक्ष टीबी कार्की, मध्यपूर्व संयोजक चन्द्र रोका, पूर्व प्रवक्ता डा. जुगत भूर्तेल लगायत विभिन्न देशका प्रतिनिधिको सहभागी थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?