११ चैत, काठमाडौं । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बम हत्या काण्डका अभियुक्त सञ्जय स्माईली मगर साउदी अरबमा पक्राउ गरेका छन् ।

इन्टरपोलले जारी गरेको डिफ्युजन नोटिसका आधारमा साउदी प्रहरीले मगरलाई पक्राउ गरेको हो ।
अब उनलाई नेपाल ल्याउन प्रक्रिया सुरु गरिने केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीका प्रमुख डीआईजी हेमन्त मल्ल ठकुरीले अनलाइनखबरलाई जानकारी दिए । उनले भने-उनी पक्राउ परेका छन् । आजबाट हामी नेपाल ल्याउने प्रक्रिया सुरु गर्छौं ।’
प्रहरीले हत्याका योजनाकार बाबु थापासहित चार जनालाई पक्राउ गरी गत पुस १९ गते सार्वजनिक गरिसकेको छ । स्माईली भने साउदी अरब पुगेको प्रहरीले पत्ता लगाएको थियो ।
सीआईबीका अनुसार भगवन भनिने स्माइलीले नै न्यायाधीश बमलाई गोली हानेका थिए ।
चुरे भावर पार्टीको आधिकारिकता विवादमा बमको फैसलाले आफू गृह राज्यमन्त्री हुनबाट बच्चित भएको र आफ्नो राजनीति सकिएको भन्दै थापाले हत्याको योजना बनाएका थिए ।
न्यायाधीश बमको २०६९ जेठ १८ गते यूएन पार्क नजिकै शंखमुलमा गोली हानी हत्या भएको थियो ।
प्रतिक्रिया 4