+
+
Shares

बैंकको भग्नावशेषमा भेटियो साढे २ करोड रुपैयाँ (फोटो फिचरसहित)

अनलाइनखबर अनलाइनखबर
२०७२ वैशाख २१ गते १४:२०

BOK-money

२१ वैशाख, काठमाडौं । भूकम्पले क्षतिग्रस्त बालाजुस्थित बैंक अफ काठमाडौंको शाखा कार्यालयबाट झण्डै साढे २ करोड रुपैयाँ निकालिएको छ ।

सशस्त्र प्रहरी सहितको सुरक्षाकर्मीको टोलीले रकम निकालेर बैंकलाई जिम्मा लगाएको छ । २ करोढ ४८ लाख ८५ हजार ४०१ रुपैयाँ, २ हजार ८७९ यूएस डलर र ७१ थाई भाट रकम बैंकका अधिकारीहरुलाई जिम्मा लगाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।

वैशाख १२ गते गएको भूकम्पले बालाजुस्थित २ तले बैंकको भवन पूर्ण रुपमा क्षतिग्रस्त भएको थियो । भत्किएको संरचना भित्र ढलान काट्दै र खोजी गर्दै एपीएफको उक्त टोली भित्र पसेपछि भग्नावसेसको टुक्राहरु बाहिर फाल्न अन्य टोलीहरुले सघाएको थियो ।

BOK-money-3

एपीएफ टोलीले भित्र पसेपछि पैसा राख्ने सेफ तथा लकरहरु समेत फेला पार्‍यो । त्यहाँसम्म जाने सुरक्षित बाटो बनाएपछि बैंकको कर्मचारी तथा अन्य टोलीहरुलाई समेत त्यस ठाउँसम्म पुर्‍याएको थियो ।

त्यसपछि उक्त एपीएफ टोलीले सबैको रोहवरमा सेफ तथा लकर काटेर रकम निकालेको सशस्त्र प्रहरीले जनाएको छ ।

BOK-money-1 BOK-money-2

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?