+
+
Shares

उपचारका लागि बोलाएर ‘स्वर्ग जाने बाटो’ देखाइयो

२९ वैशाख,रामेछाप । भूकम्पले घरबार गुमाएकाहरुलाई औषधि उपचारका नाममा ‘स्वर्ग खुला छ’ भन्दै बाइबल हातमा थमाइदिएपछि रामेछाप सदरमुकाम मन्थलीमा तनाव भएको छ ।

गुड पिपुल नामको संस्थाले भूकम्प पीडितका लागि भनेर वैशाख २६ देखि सञ्चालन गरेको स्वास्थ्य शिविरमा औषधि होइन, इशाई धर्म प्रचार सामाग्री वितरण गरिएपछि स्थानीयले बिरोध गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०७२ वैशाख २९ गते १०:४०

नवराज पथिक

२९ वैशाख,रामेछाप । भूकम्पले घरबार गुमाएकाहरुलाई औषधि उपचारका नाममा ‘स्वर्ग खुला छ’ भन्दै बाइबल हातमा थमाइदिएपछि रामेछाप सदरमुकाम मन्थलीमा तनाव भएको छ ।

Ramechap-2

गुड पिपुल नामको संस्थाले भूकम्प पीडितका लागि भनेर वैशाख २६ देखि सञ्चालन गरेको स्वास्थ्य शिविरमा औषधि होइन, इशाई धर्म प्रचार सामाग्री वितरण गरिएपछि स्थानीयले बिरोध गरेका हुन् ।

भारतको सिक्किमबाट रामेछाप पठाएको थोत्रा कपडाको प्रसंग सेलाउन नपाउँदै कोरियाको सो संस्थाले भूकम्प प्रभावित जनताको पीडामा नूनचुक छर्ने काम गरेको भन्दै शिविर स्थगन गराइएको छ ।

स्वास्थ्य शिविरमा जाँच गराउन जाने सबै सर्वसाधारणलाई क्रिश्चियन धर्मको प्रचार गरिएको ‘स्वर्ग खुला छ’ भन्ने ब्रोसर भिडाइएको थियो ।
सो ब्रोसर बाँड्नका लागि ठूलो संख्यामा स्वयम्सेवीहरु समेत सो संस्थाले परिचालन गरेको थियो । त्यसमा सबैको रक्षा जिसस क्राइष्टले मात्र गर्न सक्ने सन्देश दिइएको सहभागीहरुले बताए ।

सबै खालका रोगको उपचार गरिने भनी प्रचार गरिएको सो शिविरमा जाँच गराउन जाने सबै बिरामीहरुलाई भिटामिन बी क्याप्सुलहरु दिइएको छ ।

स्वास्थ्य सेवाका नाममा बाइबल बाँड्दै कोरियन नागरिक
स्वास्थ्य सेवाका नाममा बाइबल बाँड्दै कोरियन नागरिक

घण्टौँ लाइन लागेर उपचार गराउन गएका भूकम्प पीडित विरामीहरुको सामान्य प्राथमिक उपचार पनि नभएपछि उपचार गराउन जानेसमेत आक्रोषित भएका थिए । उनीहरुले विपतका बेलामा सहयोग गर्ने भनेर धर्म प्रचार गरिएको भन्दै आपत्ति जनाएपछि तामाकोशी सेवा समितिले शिविर स्थगन गर्न दबाव दिएको थियो ।

क्रिश्चियन धर्म प्रचारकहरु अहिले रामेछापका गाउँ गाउँमा बाइबल र धर्म प्रचारका अन्य सामाग्री बोकेर सैतानले गर्दा भूकम्प आएको भन्दै सबैले इशाई धर्म अँगाल्ने हो भने विपत्ति नआउने भन्दै हिँडेको शिक्षक कमल सुनुवारले बताए ।

रामेछापके सैपू, दुरागाउँ, भूजी लगायतका दलित र आदिवासी बस्तिमा इशाई धर्म अँगालेमा राहत दिने भन्दै चामलका बोरा लिएर धर्म प्रचारकहरु हिँडिरहेको दुरागाउका स्थानीय बेनवहादुर गुरुङले बताए ।

यसैबीच दुरागाउ गाविसका सचिव लेखनाथ चौलागाईले गाउँमा धर्म प्रचारका लागि कुनै पनि अवान्छित गतिबिधि हुन नदिने बताएका छन् । विपत्तिका बेला सबैले जाति, धर्म र राजनीतिभन्दा माथि उठेर सबै पीडितलाई सघाउनुपर्ने उनले बताए ।

राहतका नाममा धर्म प्रचारमा कोरियन नागरिकहरु हिँडेका छन् । पछिल्लो समय राहत वितरणका नाममा बाइबल बितरण गरेर पीडितलाई थप पीडा दिने काम भइरहेको नागरिक अगुवा ज्ञानवहादुर गुरुङले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?