+
+

स्थानीयले ‘हेलिकोप्टरको पखेटा देखियो’ भनेपछि सैनिक हेलिकोप्टर कालिन्चोकतर्फ

अनलाइनखबर अनलाइनखबर
२०७२ जेठ १ गते ११:२३

१ जेठ, काठमाडौ । मंगलबारदेखि हराइरहेको अमेरिकी सेनाको हेलिकोप्टर सम्बन्धी अपुष्ट जानकारी प्राप्त भएपछि नेपाली सेनाको हेलिकोप्टर दोलखाको कालिन्चोकतर्फ उडेको छ ।

imrs
फाइल तस्वीर

कालिन्चोकका तामाङ समुदायका एक स्थानीयले सैनिक हेडक्वार्टरमा फोन गरेर आफूले हेलिकोप्टरको दुईओटा पखेटा देखेको भनेपछि थप पुुष्टि गर्नका लागि सैनिक टोली त्यसतर्फ लागेको स्रोतले जनाएको छ ।

तर सेनाको टोली आफैं गएर वास्तविकता पत्ता लगाएपछिमात्र औपचारिक रुपमा जानकारी दिइने एक सैनिक अधिकारीले बताए ।

११ हजार फिट उचाइको कालिन्चोक डाँडामा हराएको जहाजका केही टुक्रा र तीन शव देखिएको भन्दै स्थानीयले फोन गरेको सैनिक स्रोतले जनाएको छ ।

दोलखाका भूकम्प पीडितलाई उद्धार गर्न गएको अमेरिकी हेलिकोप्टर वेपत्ता भएपछि विभिन्न किसिमका अड्कलबाजी गरिएका थिए । उक्त हेलिकोप्टरमा दुई नेपाली सेना र ६ जना अमेरिकी नागरिक थिए ।

बिहीबार हेलिकोप्टर सर्चसँगै जमिनमा पनि पैदल टोलीहरु खटाएर विमानको खोजी गरिएको थियो ।

यो पनि पढ्नुहोस्

अमेरिकी सेनाको हेलिकोप्टर कालिन्चोक नजिक घोर्थलीमा देखियो 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?