+
+

फोटो पत्रकार दुलाललार्इ ज्यानमार्ने धम्की

अनलाइनखबर अनलाइनखबर
२०७२ जेठ २० गते १५:११

२० जेठ, काठमाडौ । विद्यालय भवनमा जिल्ला शिक्षा कार्यालय लगाएको रातो स्टिकरको तस्बीर छापेको भन्दै फोटो पत्रकार अशोक दुलाललाई एक विद्यालयका प्रिन्सिपलले ज्यान मार्ने धम्की दिएका छन् ।

ashok dulalललितपुरको चापागाउँ वज्रवाराहीस्थित बज्रवाराही उच्चमाविका प्रिन्सिपल रामेश्वर मर्हजनसहितको शिक्षक टोलीले फोटो पत्रकार दुलाललाई ज्यानमार्ने र अपहरण गर्ने धक्की दिएका हुन् ।

जिल्ला शिक्षा कार्यालय ललितपुरले नै असुरक्षित विद्यालय भवन भनी रातो स्टिकर टाँसिएको विद्यालयमा पढ्दै गरेका विद्यार्थीहरुको तस्वीर दुलालले खिचेका थिए ।

आफ्नो विद्यालय सुरक्षित रहेकोले गलत प्रचार गरेको भनी विद्यालयका प्रिन्सिपलले नै आफूलाई ज्यान मार्ने धम्की दिएको दुलालले अनलाइनखबरलाई बताए ।

फोटोका विषयमा वुधवार बिहान कुराकानी गर्न बोलाएर विद्यालय परिसरभित्र डेढ घण्टाभन्दा वढी बन्धक वनाएर बिद्यालयका शिक्षक र वाहिरका मान्छेसमेत बोलाइ विद्यालयको धम्की दिएको पत्रकार दुलालले बताए ।

कुराकानी गर्न भन्दै बोलाएर विद्यालय परिसरमै बन्धक बनाएर धम्की र गालीगलौजमा उत्रिएका शिक्षकहरुले विद्यालय भवन सुरक्षित भएको भन्दै अर्को तस्विर नछापे जे पनि गर्न सक्ने धम्की दिएको दुलालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?