+
+
Shares

धर्म निरपेक्षताबारे सोध्दा हिमानी मुस्कुराइन् मात्र

अनलाइनखबर अनलाइनखबर
२०७२ साउन ७ गते २२:२८

Himani shah (3)

७ साउन, काठमाडौं । पूर्व युवराज्ञी हिमानीले जनताको चाहनाअनुसार संविधानमा रहेका त्रुटी सच्याउनुपर्ने बताएकी छिन् । हिमानी ट्रष्टले आयोजना गरेको पत्रकार भेटघाटमा उनले सुझाव संकलनका क्रममा आएको जनमतको सम्मान गर्नुपर्नेमा जोड दिइन् ।

हिमानी ट्रस्टका गतिविधीबारे पत्रकारसँग सल्लाह लिन आयोजना गरिएको कार्यक्रममा पत्रकारले संविधानसँग सम्वन्धित प्रश्नको वर्षा गरेका थिए ।

हिमानीेले राजनीतिक विषयका प्रश्नहरुलाई सुरुमा हाँसेर टारेकी थिइन् । ‘हामी पोलिटिक्समा संलग्न छैनौं’ हिमानीले भनिन्-‘कृपया हिमानी ट्रस्टको विषयमा मात्रै कुरा गरौं न ल ।’

भिडियो 

तर राजनीतिक प्रश्न आउन छोडेनन् । ‘हिन्दू राज्यको माग भइरहेको छ, के भन्नुहुन्छ ?’ एक पत्रकारले सोधे । कुनै जवाफ नदिइ मस्केर बसिरहिन् हिमानी ।

‘सबै जनताले अहिले संविधानबारे सुझाव दिइरहेका छन्, तपाईंहरुका पनि त व्यक्तिगत सुझाव होलान् ?’ अर्का पत्रकारले सोधे ।

बल्ल उनले मुख खोलिन् । ‘जनताको धारणा बुझ्नलाई सुझाव संकलन भइरहेको न हो । यसलाई त मान्यता दिनुपर्‍यो नी । जनताले देखाएका त्रुटीहरु सच्याएरै जानु राम्रो हुन्छ नी होइन ?’ उनले भनिन् ।

‘जनताको चाहना कस्तो पाउनुभएको छ त तपाईंले ?’ भन्ने पत्रकारको प्रश्नमा उनले हाँस्दै भनिन्-‘त्यो त मलाईंभन्दा तपाईंहरुलाई नै बेसी थाहा होला ।’

Himani Shaha

पत्रकारहरुले हिमानी ट्रस्टलाई महिला, तथा बालबालिकाको क्षेत्रमा केन्दि्रत भएर काम गर्न सुझाव दिएका थिए । हिमानीले ट्रस्टको साधन स्रोतको सिमितता औंल्याउँदै सकभर धेरै भन्दा धेरै ठाउँमा पुग्न प्रयासरत रहेको उल्लेख गरिन् ।

उनले देशका विभिन्न स्थानहरुमा ट्रस्टले भूकम्पप्रतिरोधी स्कुलहरु निर्माणको लागि योजना बनाइरहेको जानकारी दिइन् ।

Himani shah (1)

Himani shah (2)

Himani shah (4)

Himani shah (5)

Himani Shaha Press Meet (3)

Himani Shaha Press Meet (6)

Himani Shaha Press Meet (2)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?