+
+

पूर्व आईजीपी रानालाई कारवाही गर्न सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०७२ साउन ८ गते १९:३४

८ साउन, काठमाडौं । धनुषाको गोदारमा १२ बर्ष अघि भएको हत्याकाण्डमा दोषि देखिएका पूर्व प्रहरी महानिरीक्षक कुवेरसिंह रानासहित चार जनालाई कानुनी कारबाही गर्न राष्ट्रिय मानव अधिकार आयोगले सरकार समक्ष सिफारिस गरेको छ ।

Kuber-Sing-Ranaसशस्त्र युद्धकाबेला धनुषाका पाँच युवाहरुलाई माओवादी आरोपमा नियन्त्रणमा लिइ सुरक्षाकर्मीले हत्या गरी कमला नदी किनारमा गाडेका थिए ।

सो घटनामा तत्कालीन प्रमुख जिल्ला अधिकारी रेवतीराज काफ्ले, क्षेत्रीय प्रहरी इकाइ कार्यालय धनुषाका तत्कालीन प्रहरी उपरीक्षक डा. चुडाबहादुर श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय धनुषाका तत्कालीन प्रहरी नायव उपरीक्षक कुवेरसिंह राना र नेपाली सेनाको भिमान व्यारेकका तत्कालीन मेजर अनुप अधिकारीको संलग्नता रहेको मानव अधिकार आयोगको निष्कर्ष छ ।

आयोगले शुक्रबार विज्ञप्ति निकालेर ति चारै जनालाई कारवाही गर्न सरकार समक्ष सिफारिस गर्न भनेको हो । धनुषाका पाँच युवाहरुको बेपत्तापछि हत्या गर्ने दोषीहरुको पहिचान भइसके पनि सरकारले अझै कारबाही नगरेको घटनाप्रति आपत्ति जनाएको छ ।

दोषीहरुलाई तत्काल कारबाही नगरे दोषीको नाम मानव अधिकार उल्लंघनकर्ताको रुपमा अभिलेख गरी सार्वजनिक गर्ने चेतावनी आयोगले दिएको छ ।

पिकनिक खान गएकाबेला धनुषाका युवाहरु सञ्जीवकुमार कर्ण, दुर्गेश लाभ, जितेन्द्र झा, प्रमोदनारायण मण्डल र शैलेन्द्रकुमार यादवलाई ०६० असोज २१ गते पक्राउ गरी सुरक्षाकर्मीले गोली हानेका थिए । उनीहरुको जिवितै रहेको अवस्थामा खाल्डो खनि गाडिएको आयोगको अनुसन्धानबाट पुष्टि भएको छ । शव उत्खनन गरी विदेशमा वैज्ञानिक परीक्षण गर्दा ति युवाहरुकै कंकाल भएको पुष्टि भएको थियो । आयोगको आग्रह बमोजिम आफन्तले ०७१ साउन ७ गते कंकाल बुझेर दाहसंस्कार गरेका थिए ।

उक्त घटनामा संलग्न सैनिक अधिकारी हाल पनि पदमा बहाल छन् । राना र श्रेष्ठ अवकाश भैसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?