१२ साउन, काठमाडौं । संविधानको मस्यौदामा जनताले दिएका सुझावहरु मंगलबार साँझ संविधानसभाको बैठकमा टेबल गर्ने कार्यक्रम छ । तर, थरुहट लगायतका साना दलले सुझावहरुको प्रतिवेदन टेबल गर्न नदिने रणनीति बनाएको छ ।
‘हामी संविधानसभामा प्रतिवेदन पेश गर्न दिँदैनौं, संविधानसभा अवरुद्ध पार्छौं’ थरुहट पार्टीकी सभासद गंगा चौधरीले भनिन् ।
संविधानमाथिको सुझाव संकलनका क्रममा थारु लगायत जनजातिका समस्यालाई नसमेटिएको र जबरजस्ती प्रतिवेदन तयार पारिएको भन्दै गोपाल दहितको नेतृत्वमा रहेको थरुहट पार्टीसहित सात दलीय मोर्चाले संविधानसभा अवरुद्ध गर्न लागेको चौधरीले बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4