+
+
Shares

राष्ट्रपतिले गुनासो सुनाउँदै शीर्षनेतालाई रात्रीभोज खुवाए

अनलाइनखबर अनलाइनखबर
२०७२ साउन ३० गते २२:०२

३० साउन, काठमाडौं । राष्ट्रपति डा. रामवरण यादवले प्रधानमन्त्री सुशील कोइरालासहित चार दलका शीर्षनेताहरुलाई शनिबार शीतल निवासमा रात्रीभोज खुवाएका छन् ।Rambaran-Yadav

राष्ट्रपतिको निम्तो मान्न प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली, एमाओवादी अध्यक्ष प्रचण्ड, डा. बाबुराम भट्टराई र फोरम लोकतान्त्रिकका नेता विजयकुमार गच्छदारलगायतका नेताहरु साँझ ७ बजे शीतलनिवास पुगेका थिए । उनीहरु राति ९ बज्दासम्म शीतलनिवासमै थिए ।

भेटका अवसरका राष्ट्रपति यादवले शीर्षनेताहरुसँग संविधान निर्माण प्रक्रियामा आफ्ना असन्तुष्टि एवं गुनासाहरु राखेको स्रोतले अनलाइनखबरलाई बतायो ।

यसअघि तीन दिन पहिले राष्ट्रपति डा. यादवले सम्वाद समितिका सभापति डा. बाबुराम भट्टराई र मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलालाई शीतलनिवासमा बोलाएर अन्तरिम संविधान अनुसार नयाँ राष्ट्रपतिको निर्वाचन गर्न नमिल्ने भन्दै संविधानको मस्यौदामा रहेका त्रुटीहरु औंल्याएका थिए । शनिबारको रात्री भोजमा पनि राष्ट्रपतिले तिनै गुनासाहरु दोहोर्‍याएको बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?