+
+

दाङ र नवलपरासीमा दुईजनाको हत्या

४ भदौ, काठमाडौं । दाङ र नवलपरासीमा दुई जनाको हत्या भएको छ । नवलपरासीको कावासोतीमा लुटेराको आक्रमणमा परी दुईजना युवती गम्भीर घाइते भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ ४ गते १२:३६

४ भदौ, घोराही । दाङमा मादक पदार्थ सेवन गरी सालाले भिनाजुको हत्या गरेका छन् । डुरुवा ५ पहरुवा निबासी ५२ वर्षीय हासीराम चौधरीलाई उनको साला नाता पर्ने ४२ वर्षीय दीपक चौधरीले फरुवाको बिडले हिर्काएर हत्या गरेका हुन् ।

मदिरा सेवन गरेका दुबै जनाको बिचमा बिबाद हुँदा विहीबार राती ११ बजे दीपकले भिनाजुलाई फरुवाको बिडले टाउकोमा हिर्काएर हत्या गरेको दाङका प्रहरी प्रमुख एसपी कुबेर कडायतले जानकारी दिए ।

टाउकोमा गम्भिर चोट लागेका चौधरीको उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा बाटो मै मृत्यु भएको हो । दीपकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नवलपरासीमा पनि हत्या

यसैगरी नवलपरासीको कावासोती-१३ स्थित बूढौलीकुनामा गएराति एक जनाको घाँटीमा धारिलो हतियार प्रयोग गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक हरि बरुवालका अनुसार बूढौलीकुनाका ४८ वर्षका वीरबहादुर तामाङको गएराति साढे ९ बजे हत्या भएको हो । हत्याको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

हत्या कसले गरेको भन्ने यकिन हुन सकेको छैन । घटनामा संलग्न भएको आशंकामा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

आक्रमणबाट युवती घाइते

कावासोतीमै लुटेराको आक्रमणमा परी दुईजना युवती गम्भीर घाइते भएका छन् । तनहुँको गजरकोट-७ घर भई नवलपरासीको कावासोती-३ डम्बरबहादुर चोकस्थित पदमबहादुर दाहालको घरमा डेरा गरी बस्ने दुई दिदी-बहिनीलाई लुटेराले अचेत हुने गरी कुटपिट गरी सुनको गहना लुटेर लगेको प्रहरीले जनाएको छ ।

लुटेराले गएराति घरको मूलगेटको ताला फोडी २० वर्षकी रेश्मा कार्की -सिग्देल) र उनकी बहिनी वर्ष १६ की रुपा कार्की बस्ने कोठाको ढोका खोलेर दिदीबहिनीलाई हातपात गरी गहना लुटेर भागेको इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक हरि बरुवालले जानकारी दिए । लुटेराले सुनको सिक्री, बाला, झुम्का, नगद, लगाएका गहना लगेको आफन्त इन्द्र सिग्देलले जानकारी दिए ।

घाइते भएका दिदीबहिनीको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । उनीहरुको टाउकोमा गम्भीर चोट लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?