+
+
Shares

सुदूरपश्चिमका सशस्त्र र नेपाल प्रहरीका डीआईजी हेडक्वाटर तानिए

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ ८ गते १५:४०

Ministry of Home

८ साउन, काठमाडौं । सरकारले सुदूरपश्चिमका सशस्त्र प्रहरी र नेपाल प्रहरीका डीआईजी परिर्वतन गरेको छ ।

कैलालीको टीकापुरमा भएको हिंसात्मक आन्दोलनमा एसएसपीसहितका सात सुरक्षाकर्मी मारिएपछि गृह मन्त्रालयले पश्चिमका सशस्त्र प्रहरी र नेपाल प्रहरीका डीआईजीलाई हेडक्वाटर तानेको हो ।

नेपाल प्रहरीका डीआईजी रामकुमार खनालको स्थानमा माधव नेपाललाई पठाइएको छ । यसैगरी सशस्त्र प्रहरीका खडानन्द चौधरीको स्थानमा सुरज श्रेष्ठलाई पठाएको छ ।

यस्तै आन्दोलनकारीको आक्रमणमा मारिएका नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेको स्थानमा एसएसपी दिनेश अमात्यलाई पठाइएको स्रोतले बताएको छ ।

यो पनि पढ्नुस्

कैलालीका सिडियो फिर्ता बोलाइए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?