+
+
Shares

टीकापुर घटनामा संलग्न भएको आशंकामा चारजना पक्राऊ

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ ८ गते १४:३०

८ भदौ, टीकापुर । कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनामा संलग्न भएको भन्दै चार जनालाई प्रहरीले मंगलबार नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय टीकापुरले चारजना पक्राउ परेको पुष्टि गरे पनि परिचय भने खुलाएको छैन ।

Kailali-Jhadap

टीकापुर प्रहरीले पक्राउ परेकाहरुमाथि अनुसन्धान भैरहेकाले परिचय गोप्य राखिएको जनाएको छ ।

सोमबार टीकापुरमा भएको झडपमा सेती अञ्चल प्रहरी प्रमुख एसएसपी लक्ष्मण न्यौपानेसहित ८ जनाको मृत्यु भएको थियो । झडपमा ५० भन्दा बढी घाइते भएका छन् ।

झडपमा मृत्यु भएकाहरुको शव आफन्तलाई बुझाउने क्रम जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?