८ भदौ, काठमाडौं । भारतीय रातदूत रन्जित रेले गृहमन्त्री बामदेव गौतमको पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।
भारतीय रातदूत रे गृहमन्त्रीलाई भेट्न मंगलबार दिउँसो गहृ मन्त्रालय पुगेका थिए । करीव एक घण्टासम्म चलेको वार्ताका क्रममा भारतीय राजदूतले शुरुमा सोमवार गौतमले संसदमा दिएको बयानप्रति ध्यानाकर्षण गराएका थिए ।
गृहमन्त्री गौतमले सोमबार संसदमा सम्बोधन गर्दै गौर, मलंगवा लगायतका ठाउँमा दक्षिणतिरबाट ठूलो संख्यामा मानिहरू प्रवेश गरिरहेको बताएका थिए ।
कैलाली लगायतका ठाउँमा भारतीय घुसपैठ भएको भन्ने प्रचारबाजीप्रति राजदूतले आपत्ति जनाएको स्रोतले जनाएको छ ।
जवाफमा गौतमले भने आफूले दक्षिणतिरबाट भन्नुको अर्थ भारत नभनेको भन्दै सम्झाउन खोजेको बताइएको छ ।
गौतमले कुनै व्यक्ति शासन सत्तामा छ भन्दैमा सिंगो समुदाय शासक हुने र अरु शासित हुने खालको प्रचार भएको भन्दै नेपालको इतिहास सुनाएको मन्त्रालय उच्च स्रोतले जनाएको छ ।
भारतीय राजदूत रेले नेपालको शान्ति, स्थायित्व र संविधानप्रति भारतीय चासो सुनाउदै प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री सुशील कोइरालाबीच पनि कुराकानी भएको जानकारी गराएका थिए ।
प्रतिक्रिया 4