८ भदौ, काठमाडौं । थरुहट थारुवान संयुक्त संघर्ष समितिले कैलालीको टीकापुरमा भएको नाबालक र नेपाल प्रहरीका एसएसपीसहित ८ जनाको बिभत्स हत्याको जिम्मेवारी नलिने प्रष्ट पारेको छ । साथै बन्दसहितको आन्दोलन जारी राख्ने समेत बताएको छ ।
संघर्ष समितिले मंगलवार साँझ काठमाडौंमा पत्रकार सम्मेलन गरेर एसएसपी लक्ष्मण न्यौपाने सहितको हत्याको जिम्मेवारी राज्यले लिनुपर्ने बताएको हो । संघर्ष समितिका संयोजक धनिराम चौधरीले भने-‘हामी यो घटनाको जिम्मेवारी लिदैनौं । हाम्रो आन्दोलन शान्तिपूर्ण हो, घुसपैठ भएकाहरुले यो अकल्पनीय घटना गराए । यसको जिम्मेवारी राज्यले लिनुपर्छ ।’
आन्दोलनकारीले हत्या गर्ने ,अनि राज्यले जिम्मा लिने कस्तो काइदा हो ? भन्ने प्रश्नको जवाफमा कांग्रेस सभासद सुरेन्द्र चौधरीले को-को घुसपैठ भए भन्ने आन्दोलनकारीलाई थाहा नहुने तर्क गरे । चौधरीले भने-‘जनआन्दोलनका बेला परिचपयपत्र बाँडेर सहभागी गराइँदैन । आन्दोलनकारीको परिचयपत्र हुँदैन । यस्तो बेला को-को घुपैठ भए हामीलाई के थाहा ?’
शिवरात्रीको बेला पशुपतिनाथमा साधु सन्तहरु र भक्तजनमात्र होइन, पकेटमार पनि जान्छन् भन्दै चौधरीले थारुको आन्दोलन बद्नाम गराउने षड्यन्त्रबाट हत्याकाण्ड भएको आरोप लगाए ।
पत्रकार सम्मेलनमा कैलाली क्षेत्र नम्बर १ का सभासद तथा फोरम लोकतान्त्रिकका नेता जनक चौधरीले कफ्र्यु लगाएको समयमा अराजक झुण्डले आफ्नो घर लगायत थारु समुदायका पसल आगजनी गरेको बताए ।
वार्ताको वातावरण बनाऊ
थारु आन्दोलनका संयोजक धनीराम चौधरीले सरकारले चाँडो वार्ताको वातारण बनाउनुपर्ने बताए । ‘वार्ताको वातावरण बनाइयोस्, झूठा मुद्दा खारेज गरियोस्, धरपकड बन्द गरियोस् र क्षति भएको धनजनको क्षतिपूर्ति दिइयोस्’-चौधरीले भने ।
संयुक्त संघर्ष समितिले भदौ १६ गतेसम्मको आम हड्ताल कार्यक्रम यथावत रहेको र भदौ १२ गते तराईका सम्पूर्ण जिल्ला सदरमुकाम र मुख्य शहरहरुमा बिरोध सभा गर्ने जनाएको छ ।
यो पनि पढ्नुस्
टीकापुर घटनाबारे छानविन गर्न पाँच सदस्यीय समिति गठन
टीकापुरमा मारिएका एसएसपी न्यौपानेको अन्तिम बिदाइ
वरिपरी थारु सभासद राखेर देउवाले भने- म कसरी थारु विरोधी भएँ ?
थारुहरुसँग साइनो नभएका मानिसहरु गएर भड्काए : भीम रावल
गृहमन्त्रीले ‘दक्षिणतिरबाट मान्छे आए’ भनेकोमा भारतको आपत्ति
माओवादी पूर्वलडाकु भन्छन्-घुसपैठ होइन, ऐक्यवद्धता हो
टीकापुर घटनाबारे के भन्छन् कैलालीका थारु सभासद ?
थारू आन्दोलनको राजनीतिक निकास खोज्ने चार दलको सहमति
कहाँ लुकेका थिए टीकापुरका सरकारी गुप्तचर ?
टीकापुर घटनाको छानविन गर्न मानवअधिकार आयोगको आग्रह
कैलालीका सिडियो फिर्ता बोलाइए
भाग्यले बाँचेका सशस्त्रका एसपी भन्छन्- आन्दोलनकारी छापामार शैलीमा आएका थिए
थारु सभासदले प्रधानमन्त्रीलाई सोधे- कर्फ्यू थारुका लागि मात्र हो कि सबैलाई ?
टीकापुर घटनामा संलग्न भएको आशंकामा चारजना पक्राऊ
सुदूरपश्चिमका सशस्त्र र नेपाल प्रहरीका डीआईजी हेडक्वाटर तानिए
प्रतिक्रिया 4