सनिउल्ला धोवी
१३ भदौ, कपिलवस्तु । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरुले मधेस आन्दोलनमा सहयोग र समर्थन माग्दै भारतको उत्तर प्रदेश विधानसभा अध्यक्ष माताप्रसाद पाण्डेयलाई ज्ञापन पत्र बुझाएका छन् ।
उत्तर प्रदेश विधानसभा अध्यक्षलाई भेट्न पूर्वमन्त्री एवं तमलोपाका नेता इश्वर दयाल मिश्रसहित मधेसी मोर्चाका नेताहरु भारतको सिद्धर्थनगर बढनी पुगेका थिए ।
मधेसी जनताहरुको अस्तित्व संकटमा रहेको भन्दै मोर्चाका नेताहरुले आफूहरुको आन्दोलनको औचित्य पुष्टि गर्ने प्रयास गरे । शान्तिपूर्ण आन्दोलनमा कपिलवस्तु, रुपन्देही, नवलपरासी, नेपालगञ्ज, कैलाली लगायतका जिल्लामा दमन भएको आन्दोलनकारी नेताहरुको आरोप थियो ।
ज्ञापन पत्र बुझाउँदै मधेसी मोर्चाका नेताहरुलेे आन्दोलन शान्तिपूर्ण भएको र माग पनि जायज भएको भन्दै आन्दोलन सहयोग र समर्थन गर्न आग्रह गरेेका छन् ।
मधेसी मोर्चाको ज्ञापन पत्र बुझ्दै उत्तर प्रदेश विधानसभा अध्यक्ष माताप्रसाद पाण्डेयले प्रधानमन्त्रीसम्म ज्ञापन पत्र पुर्याउने आश्वासन दिएका छन् ।
प्रतिक्रिया 4