२१ भदौ, काठमाडौं । संविधान विधेयकमा आदिवासी जनजातिको तर्फबाट सभासद नागेन्द्र कुमाल र पेम्बा भोटेले संयुक्त रुपमा संशोधन दर्ता गरेका छन् ।
तर, आफ्नो कोटामा सभासद भएका आदिवासी जनजजाति महासंघका महासचिव पेम्बा भोटेलाई एमालेले संंशोधन फिर्ता लिन निर्देशन दिएको छ ।
नियमावली अनुसार संविधानसभामा हृवीप लाग्दैन । तर, कांग्रेस र एमालेले व्यक्तिगत संशोधन नहाल्न सभासदहरुलाई निर्देशन दिएका छन् ।
पार्टी निर्देशन विपरित कांग्रेसका शेखर कोइराला र अर्जुननरसिंह केसीले छुट्टा-छुट्टै संशोधन गर्दा गराएका छन् ।
यस्तै जनजाति महासंघका अध्यक्ष नागेन्द्र कुमाल र महासचिव पेम्बा भोटेले पनि संशोधन दर्ता गराएका छन् । नागेन्द्र कुमाल कांग्रेस र पेम्बा भोटे एमालेको सिफारिसमा मन्त्रिपरिषद्बाट मनोनित सभासद हुन् ।
पार्टी निर्देशन विपरित संशोधन दर्ता गरेको भन्दै एमालेले सभासद पेम्बा भोटेलाई फिर्ता लिन दबाव दिएको स्रोतले बताएको छ । एमाले नेतृत्वले पेम्बालाई सोमबार ११ बजेभित्र संशोधन फिर्ता लिन भनेको थियो ।
तर, उनले मानेको छैनन् । पार्टी निर्देशन उल्लंघन गरे कारकाही गर्ने एमालेले बताएको छ ।
नागेन्द्र कुमार र पेम्बा भोटेले पेस गरेको संशोधन दर्ता यस्तो छ
प्रतिक्रिया 4