+
+
Shares

वार्ताको वातावरण बनाउन बाबुराम सक्रिय

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ २६ गते १२:०१

baburam
२६ भदौ, काठमाडौं । एकीकृत नेकपा माओवादी नेता डा. बाबुराम भट्टराईले आन्दोलनरत पक्षसँग वार्ता गर्ने वातावरण बनाउन पहल थालेका छन् ।

भट्टराईले सत्तारुढ र आन्दोलनरत मधेसी मोर्चाका धेरैजना नेताहरुसँग कुराकानी गरेका छन् । अनौपचारिक कुराकानी गरेर विश्वासको वातावरण बनाउने र त्यसपछि वार्ता गर्न भट्टराईले पहल थालेका हुन् ।

भट्टराईले तमलोपाका सर्वेन्द्रनाथ शुक्ला, वनमन्त्री महेश आचार्य, फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार, एमालेका सुरेन्द्र पाण्डे र विष्णु पौडेलसँग टेलिफोनमा कुराकानी गरेका छन् ।

त्यस्तै संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवसँग पनि सम्वाद गर्ने भट्टराईको प्रयास रहेको उनको निजी सचिवालयले जनाएको छ ।

दलहरुबीच सहमतिको वातावरण बनाएर अधिकतम सहमतिमा संविधान जारी गर्नु पर्ने नेता भट्टराईको जोड छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?