+
+

सवारी सञ्चालनमा अवरोध गर्ने चारजना पक्राउ

२६ भदौ, घोराही । सवारीका साधनलाई सुरक्षा दिएर गन्तव्यमा पठाउने क्रममा अबरोध गर्ने चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पूर्वपश्चिम राजमार्गको लमही ३ सुनडवरीबाट थरुहटका कार्यकर्ताहरु कैलाश चौधरी, मनोहर चौधरी, आनन्दवहादुर चौधरी र कृष्ण चौधरीलाई शनिबार प्रहरीले नियन्त्रणमा लिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ २६ गते ११:२३

निमुसंगम घर्ती

२६ भदौ, घोराही । सवारीका साधनलाई सुरक्षा दिएर गन्तव्यमा पठाउने क्रममा अबरोध गर्ने चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पूर्वपश्चिम राजमार्गको लमही ३ सुनडवरीबाट थरुहटका कार्यकर्ताहरु कैलाश चौधरी, मनोहर चौधरी, आनन्दवहादुर चौधरी र कृष्ण चौधरीलाई शनिबार प्रहरीले नियन्त्रणमा लिएको हो ।

सुरक्षा दिएर सवारीका साधनलाई गन्तव्यमा पठाउने क्रममा थारुहटका कार्यकर्ताहरुले अबरोध सृजना गरी चालक र यात्रुहरु माथी हातपात गर्न थतालेपछि प्रहरीले बन्दकर्ताहरुलाई नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख, लक्ष्मणबहादुर शाहीले जानकारी दिए । बन्दकर्ताहरुले सवारीसाधनका टायरको हावा फाल्ने र चालकलाई हातपात गर्न थालेपछि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रहरीले अवरोध हटायो

बन्दकर्ताहरुले देउखुरीका विभिन्न स्थानमा राखेका ढुंगामुडा र पोलहरुलाई प्रहरीले हटाएको छ । शनिबार बिहान मात्रै देउखुरी क्षेत्रबाट ७२ वटा सवारीका साधनलाई सुरक्षा दिएर गन्तव्य तर्फ पठाएको प्रहरी निरीक्षक शाहीले जानकारी दिए ।

लमही क्षेत्रमा सुरक्षाका लागि नेपाल प्रहरी र शसस्त्र प्रहरी गरी १ सय ७ जना सुरक्षाकर्मीहरु परिचालन गरिएको छ । चितवनदेखि कञ्चनपुर सम्मको थारुबहुल क्षेत्रलाई थरुहट स्वायत्त प्रदेश बनाउनु पर्ने माग गर्दै थारुहरुको जातिय संगठनले साउन २७ गतेदेखि निरन्तर बन्द आहृवान गर्दै आएका छन् ।

थरुहट /थारुवान संयुक्त संघर्ष समितिले आहृवान गरेको बन्दको प्रभाव दाङको घोराही र तुलसिपुरमा छैन भने देउखुरी क्षेत्र ठप्प रहेको छ । एक महिनादेखिको बन्दका कारण देउखुरी क्षेत्रका नागरिकहरुको जनजीवन कष्ठकर बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?