+
+
Shares

१० गतेभित्र प्रधानमन्त्री, कात्तिक ३ भित्र नयाँ राष्ट्रपति

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ २९ गते १५:५१

२९ भदौ, काठमाडौं । आगामी असोज १० गतेभित्र मुलुकले नयाँ प्रधानमन्त्री पाउने भएको छ । कात्तिक ३ गतेभित्र वर्तमान राष्ट्रपति डा. रामवरण यादवको विदाइ र नयाँ राष्ट्रपति पनि चयन हुनेछ ।Rambaran Sushil Subash

संविधानसभाले असोज ३ गते साँझ ५ बजे संविधान घोषणा गर्ने समय तय गरेको छ । यससँगै सभामुखदेखि प्रधानमन्त्री र राष्ट्रपतिको पनि निर्वाचनको प्रारम्भिक मिति अनुमान गर्न सकिन्छ ।

अहिले पारित हुँदै गरेको नयाँ संविधानको भाग ३५ मा संक्रमणकालीन व्यवस्था छ । जसमा धारा २९२ मा नयाँ संविधान जारी भएको बेला संसद अधिवेशन चलिरहेको भए सात ७ दिनभित्र नयाँ प्रधानमन्त्री चयन गरिसक्नुपर्ने व्यवस्था छ ।

अहिले संसदको अधिवेशन चलिरहेको छ र यो तत्काल अन्य हुने सम्भावना छैन । संसद अधिवेशन नचलेको अवस्थामा भने अधिवेशन बोलाएको सातदिभित्र प्रधानमन्त्री चयन गरिसक्नुपर्ने व्यवस्था छ ।

सत्तारुढ कांग्रेस र एमालेबीच आलोपालाको सहमति भए अनुसार सरकारको नेतृत्वमा अब एमालेको पालो हो र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीको रुपमा हेरिएको छ ।

यसैगरी कात्तिक ३ गतेभित्र नयाँ राष्ट्रपति र उपराष्ट्रपति चयन गरिसक्नुपर्ने हुन्छ । संविधानको धारा २९१ मा संविधान प्रारम्भ हुँदा संसद अधिवेशन चलिरहेको भए ३० दिनभित्र राष्ट्रपति र उपराष्ट्रपति चयन गर्नुपर्ने व्यवस्था छ ।

राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव अघि सभामुख र उपसभामुख चयन हुनेछ । पारित हुँदै गरेको नयाँ संविधानको धारा २९३ मा भएको व्यवस्था अनुसार संविधान जारी भएको २० दिनभित्र सभामुख र उपसभामुख चयन गर्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?