+
+

लिम्बुवान सङ्घर्ष समितिको चक्काजाम स्थगित

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ ३१ गते ८:३२

Limbuwan-Map३१ भदौ, इलाम । अरुण पूर्वका नौ जिल्ला लिम्बुवान राज्य हुनुपर्ने माग राख्दै आन्दोलनरत लिम्बुवान संयुक्त सङ्घर्ष समितिले बिहीबारदेखि गर्ने भनिएको चक्काजाम स्थगित गरेको छ ।

समितिले विज्ञप्ति जारी गर्दै असोज १ गते नेपालीहरूको महान पर्व विश्वकर्मा पूजा परेको र पूजा सेलाउन जान तयारी गर्नुपर्ने भएकाले चक्काजाम स्थगित गरिएको जनाएको छ ।

चक्काजाम स्थगित भएपछि मेची राजमार्गमा पूर्ववत रूपमा लामो तथा छोटो दूरीका सवारी साधन सञ्चालन हुन थालेका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?