+
+

चालिस दिनदेखि नवलपरासीका विद्यालय बन्द

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ ३१ गते १३:३०

३१ भदौ, परासी । नवलपरासीमा विगत ४० दिनदेखि लगातार सदरमुकाम परासीसहित जिल्लाको दक्षिण क्षेत्रका विद्यालय बन्द हुँदा हजारौं बालबालिकाको भविष्य अन्योलमा परेको छ ।

Nabalparasi-Map

मधेसमा जारी आन्दोलनका कारण ती विद्यालय त्रासका कारण बन्द हुँदा सयौँ विद्यालयका हजारौँ विद्यार्थीको भविष्य अन्योलमा परेको हो ।

आन्दोलनरत पक्षले बिहानको समयमा विद्यालय सञ्चालन गर्न दिने जनाएपछि गत आइतबार एक दिनमात्र सञ्चालनमा आएका विद्यालय त्यसको भोलिपल्ट सोमबार लिटिल एन्जेल उच्च माविको बस जलाइएपछि त्रासका करण पुनः विद्यालय बन्द हुन पुगेका हुन् ।

लामो समयसम्म यसरी विद्यालय बन्द हुँदा विद्यार्थीको भविष्य अन्योलमा परेको अभिभावकले गुनासो गरेका छन् । यसरी ४० दिनदेखि विद्यालय बन्द हुँदासमेत विद्यालय सञ्चालन गर्न कुनै क्षेत्रमा पनि पहल नभएको भन्दै सर्वसाधारणले गुनासो गर्दै आएका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?