+
+

ओली र प्रचण्डले कोइरालालाई भने- न्यूर्योक भ्रमण रोक्नुस्

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज ६ गते ८:५१

Prachanda, susil koirala and kp Oli

६ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एमाओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री सुशील कोइरालालाई न्यूयोर्क नजान सुझाव दिएका छन् । यससँगै कोइरालाको बुधबारको विदेश यात्रा अन्यौलमा परेको छ ।

स्रोतका अनुसार बालुवाटारमा मंगलबार राति अबेरसम्म चलेको तीन दलका शीर्ष नेताहरुको बैठकमा कोइरालाको न्यूयोर्क भ्रमणबारे छलफल भएको थियो ।

बैठकमा एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले कोइरालालाई विदेश नजान प्रस्ताव गरे । ‘सामान्य अवस्थामा संविधान बनेपछि जानु उपयुक्त हुन्छ । तर, देश यथिवेला गम्भीर र संवेदनशील अवस्थामा छ । यस्तो अवस्थामा प्रधानमन्त्री विदेश जानु राम्रो हुँदैन’ बैठकमा श्रेष्ठले भने ।

कुनै पनि बेला वार्ता र सम्वादमा बस्नु पर्नेदेखि निर्णय गर्नु पर्ने भन्दै उनले कोइरालालाई राष्ट्रसंघ महासभामा अरु कसैलाई पठाउन सुझाव दिएका थिए ।

एमाले अध्यक्ष केपी ओली र एमाओवादी अध्यक्ष प्रचण्डले तत्काल नै श्रेष्ठको प्रस्तावमा समर्थन जनाए । ‘ओली र प्रचण्डले पनि ठिक हो, प्रधानमन्त्री नजानु राम्रो हुन्छ भनेका छन्’ एक नेताले भने-प्रधानमन्त्रीले आज निर्णय गर्छु भन्नु भएको छ ।’

सरकार छाड्ने तयारीमा रहेका कोइरालाकै जोडबलमा संयुक्त राष्ट्रसंघको महासभामा जाने कार्यक्रम तय भएको थियो । पूर्व निर्धारित कार्यक्रम अनुसार प्रधानमन्त्री कोइराला पौने ५ बजे दोहार प्रस्थान गर्ने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?