+
+

कञ्चनपुरको झलारीपिपलाडीमा भेटिएको बम सेनाद्वारा निष्क्रिय

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक ९ गते ८:१२

९ कात्तिक, कञ्चनपुर । कञ्चनपुरको झलारीपिपलाडी नगरपालिका–५ वन समितिमा भेटिएको प्यारा बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ ।

आइतबार दिउँसो वन समितिका स्थानीयवासी दीपक भट्टको खेतमा भेटिएको बम यहाँस्थित नेपाली सेनाको श्री २५ बाहिनी र हनुमानध्वज गुल्मको बम डिस्पोजल टोलीले राति निष्क्रिय पारेको हो ।

हनुमानध्वज गुल्मका गुल्मपति सेनानी विष्णु थापाले सेनाले उक्त बेवारिसे अवस्थामा रहेको बम निष्क्रिय पारेको जानकारी दिनुभयो । इलाका प्रहरी कार्यालय झलारीले बम द्वन्द्वकालमा छाडिएको हुन सक्ने आशङ्का गरेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?