+
+

एसएसबीको कुटाइबाट दोधाराचाँदनीमा एक बालक घाइते

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक ३० गते ८:४२

३० कात्तिक, कञ्चनपुर । भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले एक बालकलाई निर्घात कुटपिट गरेका छन् । आइतबार राति करिब साढे सात बजे नेपाल/भारत सीमा स्तम्भ नम्बर १५ नजिक नेपाली भुमीमा स्कुटी चलाएर घर फर्की रहेको अवस्थामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका वडा नं. ७, कञ्चनभोज निवासी बिरबल सार्कीको छोरा १३ वर्षका बिशाल सार्कीलाई निर्घात कुटपिट गरेका छन् ।

उनको टाउकोमा गम्भिर चोट लागेको छ । शरिरमा निल डाम रहेको छ् । छिमेकमा रहेको साथीको जन्मदिन मनाउने गएका उनी जाडो भएर घरमा स्वीटर लिन जानेक्रममा एसएसबीले नेपाली भूभागमा आएर बाँसको लौरोले कुटपिट गरेको स्थानीयबासीले बताएका छन् ।

घाइते साकीले भने-‘हामी सरासर आफ्नो बाटोमा स्कुटीमा आउदै थियौं, नबोली लौरोले एक्कासी हान्न थाले, धेरै कुटेपछि म बेहोस भएछुँ ।’ उनले प्रयोग गरेको भारतिय नम्बर प्लेटको युके ०६ जेड ३२६ स्कुटी पनि तोडफोड गरिएको परिवारजनले बताएका छन् ।

घटनापछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको एक टोली घटनास्थलमा पुगेर अवस्थाको जानकारी संकलन गरेको छ । स्थानियबासी तथा नेपाल प्रहरी र सशस्त्र प्रहरीको एक टोलीले एसएसबीको नजिकको झ्याप्पुझाला पोष्टमा पुगेर घटनाको बारेमा पोष्टको प्रमुखसँग कुराकानी गरेको थियो । झ्याप्पुझाला पोष्टका सई चिरे वेन्गेल ले आफ्नो जवान सो ठाउमा ड्युटीमा नभएको र मानवताको नाताले घाईतेको औषधी खर्च दिने बताएका छन् ।
पप्पु गुरुङ्गबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?