+
+
Shares

संविधानको अर्थ नबुझेर मधेसी मोर्चाले भ्रम छर्‍यो : नेपाल

३० कात्तिक, सुर्खेत । मधेसमा जारी आन्दोलन मधेसी जनताको भावना विपरित भएको नेकपा एमालेका नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले बताएका छन् । नेकपा एमाले सुर्खेतद्वारा सोमबार आयोजित अगुवा कार्यकर्ता भेटघाटमा नेता नेपालले मधेस केन्द्रित दलहरुले आफ्नो स्वार्थका निमित्त आन्दोलनका नाममा जनतालाई तड्पाइरहेको आरोपसमेत लगाए ।

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक ३० गते १६:५५

Madhab-Nepal-at-Surkhetसुशील खड्का
३० कात्तिक, सुर्खेत । मधेसमा जारी आन्दोलन मधेसी जनताको भावना विपरित भएको नेकपा एमालेका नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले बताएका छन् । नेकपा एमाले सुर्खेतद्वारा सोमबार आयोजित अगुवा कार्यकर्ता भेटघाटमा नेता नेपालले मधेस केन्द्रित दलहरुले आफ्नो स्वार्थका निमित्त आन्दोलनका नाममा जनतालाई तड्पाइरहेको आरोपसमेत लगाए ।

‘संविधानको कुन भाग, धारा वा बुँदा गलत छ, किटानी गरेर भन्नुहोस्,’ नेता नेपालले भने, ‘संविधानको शाब्दिक अर्थ नबुझेर नागरिकमा भ्रम छर्दै मोर्चाले जनतालाई तड्पाउने कार्य गरेको छ ।’

नयाँ संविधान विश्वका दुई सय देशभन्दा उत्कृष्ट भएको दाबी गर्दै संविधानको गलत व्याख्या गर्दै मधेसी मोर्चाले जनतालाई सास्ती दिइरहेको उनको भनाइ छ ।

तराईका विभिन्न जिल्लाहरुमा संविधान माथि उठेका नकारात्मक टिका टिप्पणी मेटाउने उद्देश्यले देश दौडाहामा हिँडेका नेता नेपालले नयाँ संविधानले जातजाती, भाषाभाषी, धर्म, संस्कृतिलगायत सबै पक्षको प्रतिनिधित्व गरेको बताए ।

तराईका विभिन्न जिल्लाका जनतासँग भेट्दा मोर्चा सम्वद्ध दलहरुसँग उनीहरुको सहभागिता नभएको पाएको उनले बताए । ‘विभिन्न जिल्लाका जनतालाई भेट्दै आज सुर्खेत आएँ,’ नेपालले थपे, ‘तराईको बास्तविकता मधेसी र त्यहाँ बसोबास गर्ने जनताको आन्दोलन नभएर, मधेस केन्दि्रत दलको पो रहेछ, जहाँ आन्दोलनका नाममा संविधानबारे गलत टिप्पणी गर्दै मोर्चाले भम्र पैदा गर्ने काम गरिरहेका छन् ।’

मोर्चाले उठान गरेका जायज माग सम्वोधन गर्न आफूहरु सकारात्मक रहेको बताएका नेपालले आन्दोलनका नाममा जनतालाई दुःख नदिइ संवाद र छलफलबाट निकासतर्फ ध्यान दिन आग्रह गरे । मोर्चाले कहिले ८ बुँदे, २५ बुँदे र ७ बुँदे मागका विषयमा फरक फरक धारणा राखेको टिप्पणी नेपालले गरे ।

जातीय युद्धको शंका

अंगिकृत नागरिकता पाएको भरमा कसैलाई पनि देशको प्रमुख पदमा ल्याउन नहुने उनले धारणा राखे । ‘हामी जाती विखण्डन र विभेद चाहादैनौं,’ नेपालले भने, ‘मधेसी पहाडमा आए वा हिमाली र पहाडी मधेसमा झरेको भरमा विभेद् गर्नु गलत कार्य हो, यसबारे सबैले ध्यान दिन आवश्यक छ ।’

तर मधेसी मोर्चाले विशुद्ध विखण्डनको राजनीति अवलम्वन गरिरहेका हुँदा कतै देशमा जातीय युद्ध हुने होकी भन्ने शंका पैदा भएको नेपालले बताए ।

बेलायत र भारतको संयुक्त वक्तव्य जारी भएकोमा दुःख व्यक्त गर्दै पूर्वप्रधानमन्त्री नेपालले नेपालको आन्तरिक विषयमा हस्तक्षेप गर्नु कटनीतिक मर्यादा विपरित भएको बताए । आफ्नो देशको आन्तरिक समस्या आफै मिलाउन सक्षम रहेको बताएका नेपालले बाहृय शक्तिले नयाँ संविधानको बारेमा अनावश्यक टिका-टिप्पणी गर्नु गलत भएको उल्लेख गरे ।

छिमेकी मुलुक भारतले नाकाबन्दी लगाएर नेपालले पाउनु पर्ने सामुद्रिक तटसम्मको अधिकार हनन गरेको बताए । उनले दुई मुलुकको जारी रहेको मित्रवत् सम्वन्ध कायम राख्न भारतलाई तत्काल नाकाबन्दी खोल्न आग्रह गरे ।

चीन, बंगलादेश लगायतका मुलुकबाट इन्धन ल्याउने विषयमा आफूहरु लागि परेकाले भारतसँग मित्रवत् व्यवहार यथावत राख्न प्रयास जारी रहेको नेता नेपालले उल्लेख गरे । तर, नेपालको राष्ट्रिय स्वाभिमान झुक्ने कार्य नगर्ने उदघोष नेपालले गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?