+
+

भारतीय राजदूतलाई डा. भगवान कोइरालाको प्रश्न- औषधि किन रोकेको ?

अनलाइनखबर अनलाइनखबर
२०७२ मंसिर ३ गते १८:२०

Ranjit ray

३ मंसिर, काठमाडौं । नेपालका लागि भारतीय राजदूत राणजीत रायले नागरिक समाजका अगुवाहरुसँग गोप्य लन्च मिटिङ गरेका छन् ।

भारतीय दूताबास नजिकै रहेको सांग्रिला होटलमा बुधबार भएको मिटिङमा तराई मधेसमा भइरहेको आन्दोलनप्रति सदभाव राख्ने नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति थियो । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पनि नागरिक समाजका अगुवाकै हैसियतमा बोलाइएको थियो ।

राजदूतसँगको लञ्च मिटिङमा पूर्वसभामुख दमननाथ ढुंगाना, पद्नरत्न तुलाधर, डा. भगवान कोइराला, कृष्ण हाछेथु, पूर्वराजदूत विजयकान्त कर्ण, अधिवक्ता दीपेन्द्र झालगायतको उपस्थिति थियो ।

स्रोतका अनुसार भारतीय राजदूत रायले आफूहरु परिस्थिति सहज बनाउनेतर्फ लागेको भए पनि भारतलाई तथानाम गालीगलौज र मोदीको पुत्ला जलाउने जस्ता काम भएको भन्दै आक्रोस पोखेका थिए ।

भारतको झण्डा र मोदी पुत्ला जलाउने तथा भारतविरोधी गतिविधि गरेर नेपालको पनि केही नहुने उनको भनाइ थियो ।

छलफलका क्रममा डा. भगवान कोइरालाले मानवीय संवेदनाको विषय भएको भन्दै औषधी किन रोक्नुहुन्छ भन्दै राजदूतलाई प्रश्न गरेका थिए । तर, राजदूतका सट्टा दूताबासका अधिकारीहरुले औषधी अभाव भएको भए रिरुटिङ वा एयर लिफ्ट गरेर भए पनि पठाउने भन्दै नेपाल सरकारसँग आफूहरुले पटक-पटक सूची मागेको तर, अहिलेसम्म उपलब्ध नगराएको जवाफ दिएका थिए ।

लगत्तै पूर्व राजदूत विजयकान्त कर्णले आफूहरुले पनि कांग्रेस र एमाले नेताहरुलाई भेटेर सीमामा रोकिएका औषधीका गाडीहरुको सूची दिनुस्, हामी ल्याइदिन्छौैं भनेको तर, सूची नदिएको सुनाएका थिए ।

भारतीय राजदूतसँगको लन्च मिटिङमा सहभागी अधिकांशले तराई मधेसको समस्यालाई राजनीतिकरुपमा समाधान गर्नुपर्ने र भारतसँग कूटनीतिक रुपमा सम्वाद गर्नुपर्नेमा जोड दिएका छन् ।

भारतीय राजदूत रायसँगको लन्च मिटिङबारे सोध्दा अधिवक्ता झाले भने, नागरिक समाजका अगुवाहरुसँग छलफल भएको हो ।’
तर, के के छलफल भयो भनेर उनले खुलाउन चाहेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?