+
+

इन्धन बोकेको भन्दै तीन मोटरसाइकलमा आगजनी

८ मंसिर, जनपुर । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरुले धनुषाको पुर्व पश्चिम राजमार्ग अन्र्तगत ढल्केवरमा तीन वटा मोटरसाईकलमा आगजनी गरेका छन । मोर्चाका कार्यकर्ताहरुले राति १ बजे समयमा मोटरसाइकलमा आगजनी गरेको प्रहरीले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७२ मंसिर ८ गते १०:५१

वीरेन्द्र रमण

८ मंसिर, जनपुर । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरुले धनुषाको पुर्व पश्चिम राजमार्ग अन्र्तगत ढल्केवरमा तीन वटा मोटरसाईकलमा आगजनी गरेका छन । मोर्चाका कार्यकर्ताहरुले राति १ बजे समयमा मोटरसाइकलमा आगजनी गरेको प्रहरीले जनाएको छ ।

फाइल तस्वीर
फाइल तस्वीर

मोटरसाईकल प्रयोग गरेर इन्धन तथा विभिन्न प्रकारको समानहरु ओसार्दै गरेको आरोप लगाउदै मोटरसाईकलमा आगजनी गरिएको हो । दुई वटा मोटरसाईकल पुर्ण रुपमा जलेर नष्ट भएको छ भने एउटा मोटरसाईकमा समान्य क्षति पुगेको छ ।

मोटरसाईकल कसको हो भन्ने अहिले पनि पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

मोर्चाका ६ कार्यकर्ता घाइते

धनुषाको ढल्केबरमा मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबिच झडप हुंदा मोर्चाका ६ जना कार्यकर्ता घाइते भएका छन् । पूर्व-पश्चिम राजमार्गमा रोकिएका गाडी सोमबार राति प्रहरीले स्कर्टिङ गर्न थालेपछि अवरोध गर्न गएका मोर्चाका कार्यकर्ता र प्रहरीबिच झडप भएको हो ।

झडपको क्रममा प्रहरीको लाठिचार्जबाट मोर्चाका ६ जना कार्यकर्ता घाइते भएका हुन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । राजमार्गमा पर्ने ढल्केवरमा जम्मा भएका मोर्चाका कार्यकर्तालाई तितरवितर पार्न प्रहरीले तीन राउण्ड हवाइ फायर गरेको थियो ।

मोर्चाका कार्यकर्ताले केही गाडीमा ढुंगामुडा समेत गरेका छन् । अवरोधकाबिच पनि प्रहरीले सोमबार राति ढल्केवरबाट पांच सय गाडी स्कर्टिङ गरेर गन्तव्य तर्फ पठाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?