
१२, मंसिर, काठमाण्डौ । गैरआवासीय नेपाली संघले दिएका अत्याबश्यक औषधि काठमाण्डौका सरकारी अस्पतालहरुले बिरामीलाई निशुल्क वितरण गर्ने भएका छन् ।
शुक्रबार बिहान बसेको काठमाण्डौका सरकारी अस्पतालका निर्देशहरुको वैठकले एनआरएनले दिएका औषधि बितरण गर्दा कुनै पनि शुल्क नलिने निर्णय गरेको हो ।
त्रिभुवन बिश्वबिद्यालय शिक्षण अस्पतालका प्रवक्ता चन्द्रमणि भण्डारीले भने- ‘एनआरएनले दिएको औषधि बिरामीलाई निशुल्क वितरण गर्न र कुनै पनि शुल्क नलिन सवै सरकारी अस्पताल सहमत भएका छन् ।’
गैरआवासीय नेपाली संघले पहिलो चरणमा हालै ३८ लाख रुपैयाँ बराबरको औषधि सरकारलाई हस्तान्तरण गरेको थियो । सो औषधिले काठमाण्डौका मुख्य अस्पतालका ओपीडी, सर्जरी, आईसीयु तथा सीसीयु युनिट संचालनका लागि सहयोग पुग्ने छ ।
एनआरएनले दिएको औषधि नबेची निशुल्क दिने निर्णयपछि काठमाण्डौका ९ वटा सरकारी अस्पतलामा बिरामीलेले निशुल्क औषधि पाउनेछन् । जसमा बीर अस्पताल, शिक्षण अस्पताल, सहिद गंगालाल हृदय रोग केन्द्र, सिभिल अस्पताल, पाटन अस्पताल, वीपी कोइराला लायन्स सेन्टर र प्रसुती गृहले एनआरएनले दिएका औषधी बाँडेर लिएका छन् ।
गैरआवासीय नेपाली संघले तत्कालका लागि एक महिनाका लागि पुग्ने अत्याबश्यक औषधि दिने तयारी थालेको छ । खरिद गरिएका औषधि नेपाल नआइपुगेका कारण एनआरएनले पहिलो चरणमा ३८ लाखको औषधि दिएको थियो । केही दिनमै अर्को चरणको औषधि दिने बताइएको छ ।
प्रतिक्रिया 4