१४ मंसिर, काठमाडौं । परराष्ट्रमन्त्री कमल थापा सोमबार दुई दिने भ्रमणका सिलसिलामा भारत प्रस्थान गरेका छन् । परराष्ट्रमन्त्री भएयता उनको यो दोस्रो भारत भ्रमण हो ।
भारतीय धार्मिक गुरु रवीशंकरलाई भेट्न बैंगलोर हिँडेका थापाले दिल्लीमा राजनीतिक भेटवार्ताहरु गर्ने कार्यक्रम छ । ‘उपप्रधानमन्त्री हुनुअघि नै रवीशंकरसित भेट्ने कार्यक्रम तय भएको थियो’ राप्रपा नेपालका सहप्रवक्ता मोहन श्रेष्ठले भने-‘त्यहि सिलसिलामा जानुभएको हो । तर, परराष्ट्रमन्त्रीको हैसियतमा राजनीतिक भेटघाट पनि गर्नुहुने छ ।’
भारत जानुअघि ट्वीट गर्दै थापाले भोलि र पर्सी राजनीतिक भेटघाटहरु गर्ने बताएका छन् । उनले भारतीय समकक्षी सुश्मा स्वराजसित भेटवार्ता गर्ने कार्यक्रम छ ।
आज भारतको बैंगलोर जांदैछु। त्यहा श्रद्धेय श्री श्री रविशंकरसंग भेट हुनेछ। भोली र पर्सि नंयादिल्लीमा राजनैतिक भेटघाट हुनेछ
— Kamal Thapa (@KTnepal) November 30, 2015
भेटवार्तामा उनले नाकाबन्दी हटाउन पुन आग्रह गर्नेछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विश्व जलवायू सम्मेलनमा भाग लिने सिलसिलामा यतिबेला फ्रान्सको पेरिसमा छन् ।
प्रतिक्रिया 4