+
+

मधेसी मोर्चाका कार्यकर्ताले मानवअधिकार आयोगको गाडी जलाए

अनलाइनखबर अनलाइनखबर
२०७२ मंसिर १७ गते १६:३४

१७ मंसिर, काठमाडौं । मधेसी मोर्चाका कार्यकर्ताले सर्लाहीको नवपुर नजिक राष्ट्रिय मानवअधिकार आयोगको गाडी तोडफोड गरी जलाएका छन् । साथै साथै गाडीमा रहेका आयोगका कर्मचारीलाई दुर्व्यवहार गरेका छन् ।

NHRCसर्लाहीमा एकै ठाउँमा मधेसी मोर्चा र चुरेभावरको कार्यक्रम भएकाले त्यसमा हुने सम्भावित मानवअधिकार हनन्का घटनाबारे अनुगमन गर्न मानव अधिकार आयोगको टोली गएको थियो ।

टोलीमाथि मोर्चाका कार्यकर्ताले कुटपिट गर्नुका साथै उनीहरु चढेको बा ७ च ७४७६ नम्बरको गाडीसमेत तोडफोड गरी आगो लगाएर पुर्णरुपमा क्षति पुर्याएको टोली संयोजक नितु गर्तौलाले जानकारी दिइन् ।

घरेलु हातहतियारसहित आएका मोर्चाका कार्यकर्ताले “हामी मानवअधिकार सधिकार केही पनि जान्दैनौ” भन्दै गाडी तोडफोड र आगजनी गरेको थिए ।

त्यसबाट आफनो क्यामरालगायत कागजपत्र जलेर नष्ट भएको साथै  टोलीमा सहभागी इन्दिरा श्रेष्ठ, भीवा ढुङ्गानालगायतलाई चोट लागेको गर्तौलाले जानकारी दिइन् ।

रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?