२२ मंसिर, काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धन मोर्चाबाट अलग्गिएको छ । राष्ट्रिय स्वाधीनतामा आँच आउनेगरी मोर्चाले गतिविधि गरेको भन्दै गठबन्धनले अलग भएको घोषणा गरेको हो ।
गत भदौ ३ गतेदेखि मधेसी मोर्चासँग मिलेर मुस्लिम गठन्धन आन्दोलनमा सहभागी हुँदै आएको थियो ।
मंगलबार बिहान काठमाडौंमा पत्रकार सम्मेलन गरी गठबन्धन संयोजक तथा तमलोपाका केन्द्रीय सदस्य शमिम मियाँ अन्सारीले अब गठबन्धनले छुट्टै आन्दोलन गर्ने बताए । मधेसी मोर्चा नेताहरुको दिल्ली भ्रमण गलत भएको भन्दै उनले विरोध पनि जनाए ।
गठबन्धन संयोजक अन्सारी र महासचिव मोहम्मद जाकिर हुसैनले हस्ताक्षर गरेको आफूहरुका मुद्दामा मधेसी मोर्चाले छलफल नै नगरी निर्णय लाद्ने काम गरेको गुनासो समेत गरिएको छ ।
विज्ञप्ति हेर्नुस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4