+
+

जनकपुरका शिक्षण संस्था बन्द गराउन खोज्ने विद्यार्थी नेता पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७२ पुष ५ गते १०:१५

५ पुस, धनुषा । शिक्षण संस्था बन्द गराउन खोजेको भन्दै राष्ट्रिय मधेस समाजवादी पार्टीको निकट समाजवादी विद्यार्थी संघका अध्यक्ष ज्ञानेन्द्र झालाई जनकपुर प्रहरीले आइतबार पक्राउ गरेको छ ।

Janakpur-Campus-Chokझालाई जनकपुरको क्याम्पस चोकबाट आइतबार विहान प्रहरीले पक्रेको हो । मधेस आन्दोलन सफल नभएसम्म विद्यार्थीहरुबाट शुल्क नलिन गरिएको आग्रह शिक्षण संस्थाहरुले अटेर गरेको भन्दै समाजवादी विद्यार्थी संघका अध्यक्ष झा लगायतका विद्यार्थीहरुले क्याम्पस बन्द गराउन खोजेका थिए । सोही क्रममा तनावको स्थिति सिर्जना भएपछि उनलाई पक्रेको प्रहरीले जनाएको छ ।

आन्दोलनरत मधेस केन्द्रित दलहरुले शिक्षण संस्थाहरु विहानको समयमा खोल्न दिने निर्णय यसअघि नै गरिसकेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?