+
+
Shares

काठमाडौंको फोहोर निजी क्षेत्रलाई जिम्मा लगाउने तयारी

अनलाइनखबर अनलाइनखबर
२०७२ पुष ५ गते १२:०३

kathmandu fohor (23)५ पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाले फोहोर व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई दिने गृहकार्य थालेको छ । फोहोर व्यवस्थापनमा वाषिर्क ठूलो धनराशी खर्च गर्नुपरेपछि निजी क्षेत्रलाई फोहोर व्यवस्थापनमा संलग्न गराउने विषयमा महानगरपालिकाले सम्भाव्यता अध्ययन गर्ने तयारी गरेको हो ।

फोहोर संकलनदेखि व्यवस्थापनसम्म सबै जिम्मा निजी क्षेत्रलाई दिनेबारे विस्तृत सम्भाव्यता अध्ययनको तयारी गरिएको महानगरपालिकाका आन्तरिक लेखा परीक्षक तथा सार्वजनिक निजी साझेदारी (पीपीपी) विभाग प्रमुख शिबराज अधिकारीले अनलाइनखबरलाई जानकारी दिए ।

‘केही समयपछि नै यो विषयमा अध्ययन गर्न परामर्शदाता नियुक्तिको प्रक्रिया अघि बढाउँदैछौं’ अधिकारीले भने- ‘कुहिने फोहोरबाट जैविक मलदेखि बिजुली उत्पादन गर्न सकिने र धेरै फोहोर रि-साइकल गरी प्रयोग गर्न सकिने प्रकृतिका हुन्छन् । त्यसैले महानगरले निश्चित रकम खर्च गरेर सहयोग गर्‍यो भने त्यसबाट निजी क्षेत्रले पनि प्रतिफल लिन सक्छन् भन्ने हाम्रो ठम्याइ हो ।’

महानगरले फोहोर व्यवस्थापनमा वाषिर्क ३० करोड रुपैयाँ खर्च गर्दै आएको छ, अहिलेसम्म फोहोर संकलनबाट महानगरले एक रुपैयाँ पनि आम्दानी गर्न सकेको छैन ।

विकसित देशमा फोहोरलाई विभिन्न प्रयोगमा ल्याएर आम्दानीको स्रोत बनाउन धेरैखाले प्रविधि प्रयोगमा आइसके पनि नेपालमा त्यस्तो प्रयोग हुन सकेको छैन ।
foohar
काठमाडौंका संकलन भएका सबै फोहोर ओखरपैवास्थित सिसडोलमा डम्पिङ गर्ने गरिएको छ । फोहोरलाई उपयोग गरेर निजी क्षेत्रले लाभ लिन सक्ने भएकाले महानगरपालिकाकै सहयोगमा यसलाई व्यवसायिक रुपमा अघि बढाउन खोजिएको पीपीपी प्रमुख अधिकारीले बताए ।

काठमाडौंका एकजनाा व्यक्तिले दैनिक औसत ३ सय ३५ ग्राम फोहोर उत्पादन गर्छ । कामविशेषले काठमाडाैं आउने अस्थायी बसोबास गर्ने मानिसको संख्यामा भएको वृद्धिका कारण काठमाडौंमा फोहोर उत्पादन झन बढ्दै गएको छ । उद्योग तथा व्यवसायिक गतिविधि, अस्पताल, शिक्षालय, होटेल लगायत क्षेत्रबाट उत्पादन हुने फोहोरको मात्र उच्च छ ।

फोहोर व्यवस्थापनमा ठूलो धनराशी खर्च गर्नुपरेपछि महानगरपालिकाले ठूला सहरी पूर्वाधार विकासमा लगानी गर्न समेत सकेको छैन ।
यसैकारण फोहोरमा निजी क्षेत्रलाई सहभागी कसरी गराउने भन्ने विषयमा अध्ययन गर्न लागिएको अधिकारीले बताए । ‘फोहोर व्यवस्थापनको खर्च पूर्वाधार विकासका क्षेत्रमा मात्रै लगानी गर्न सकियो भने ठूलो उपलब्ध हात लाग्छ । त्यसैले निजी क्षेत्रलाई प्रोत्साहन हुने गरी नै फोहोर व्यवस्थापनमा ल्याएर हाम्रो खर्च जोगाउन सकियोस् भन्ने पनि हाम्रो उद्देश्य छ’ अधिकारीले भने ।

काठमाडौंमा दैनिक झण्डै ४ सय ५० टन फोहोर उत्पादन हुने गर्छ । एक किलो फोहोर व्यवस्थापन गर्न महानगरपालिकाले अहिले २ रुपैयाँ ७५ पैसा खर्च गर्नुपरेको छ । फोहोरको व्यवस्थापनमा दैनिक १२ सय कर्मचारी परिचालित छन् ।

बढ्दो फोहोर व्यवस्थापनको खर्चले महानगरपालिकाको वित्तीय व्यवस्थामा दबाव बढ्दै गएका कारण निजी क्षेत्रलाई सहभागी गराएर जाने विषयमा गृहकार्य थालेको हो ।

निजी क्षेत्रलाई फोहोर व्यवस्थापनको जिम्मा दिँदा महानगरपालिकाले अहिले फोहोर व्यवस्थापनमा उपयोग भइरहेको भौतिक तथा मानवीय शक्ति उसैलाई दिने योजना बनाएको छ ।

‘हाम्रा साधनहरु पनि निजी क्षेत्रलाई नै दिएर यसतर्फ प्रोत्साहन गर्ने योजना छ । फोहोरबाट आम्दानी गर्न सकिने भएकाले त्यस अनुरुप निजी क्षेत्र आकषिर्त भयो भने त्यसले निकै सकारात्मक सन्देश पनि दिने छ’ अधिकारीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?