+
+
Shares

रौतहटका ३ वटा प्रहरी कार्यालयमा प्रदर्शनकारीको आक्रमण

६ पुस, गौर । रौतहटका बिभिन्न स्थानमा मधेसी मोर्चाका कार्यकर्ताहरुले विरोध प्रदर्शन र आक्रमण गरेका छन् । आन्दोलनमा प्रहरीले दमन गरेको भन्दै मोर्चाका कार्यकर्ताहरुले इलाका प्रहरी कार्यालय गंगापिप्रा, कटहरिया र बंकुलमा आक्रमण गरेका छन् ।

रौतहटको बीपी चोकमा प्रहरीको गोली लागेर एक विद्यार्थीको आइतबार मृत्यु भएको थियो । घटनापछि स्थानीय प्रशासनले कर्फ्यू लगाएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०७२ पुष ६ गते ९:४२

Rautahat-ko-gaur-ma-pradarsan

गौतम श्रेष्ठ
६ पुस, गौर । रौतहटका बिभिन्न स्थानमा मधेसी मोर्चाका कार्यकर्ताहरुले विरोध प्रदर्शन र आक्रमण गरेका छन् । आन्दोलनमा प्रहरीले दमन गरेको भन्दै मोर्चाका कार्यकर्ताहरुले इलाका प्रहरी कार्यालय गंगापिप्रा, कटहरिया र बंकुलमा आक्रमण गरेका छन् ।

रौतहटको बीपी चोकमा प्रहरीको गोली लागेर एक विद्यार्थीको आइतबार मृत्यु भएको थियो । घटनापछि स्थानीय प्रशासनले कर्फ्यू लगाएको थियो ।

Rautahat-ko-gaur-ma-pradarsan

विहान ६ बजेदेखि १० बजेसम्म कर्फ्यू हटेलगत्तै मोर्चाका कार्यकर्ताहरुले ठाउँ-ठाउँमा प्रदर्शन गरेका छन् । उनीहरुले प्रहरी युनिटमा ढुंगामुढा गरेका छन् भने सडक अगाडि टायर बालेर प्रहरीविरुद्ध नाराबाजी गरेका छन् ।

यसैगरी सदरमुकाम गौरमा पनि सोमबार विहान प्रदर्शनकारीले टायर बालेर प्रदर्शन गरेका छन् । उनीहरुले गौरमा जुलुस पनि निकालेका थिए । अहिले मोर्चाका कार्यकर्ताहरु बीपी चोकमा जम्मा भएर प्रदर्शन गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?